काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।
उनीहरुले पत्रकार सम्मेलन गरी राजिनामा दिएका हुन्। राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।
केही मन्त्रीको विरोधका बाबजुद ओलीले आइतबार बिहान प्रतिनिधिसभा विघटनका लागि राष्ट्रदेवी विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए। दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिस अनुमोदन गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved