फोहोर प्रशोधन केन्द्र निर्माण कार्य अन्तिम चरणमा, सञ्चालनमा चुनौती

  • बैशाख ४, २०७८
  • कालापानी मिडिया
alt

इटहरी । फोहोर व्यवस्थापन सहित बायोग्यास र प्रागारिक मल उत्पादन गर्ने योजना सहित सुनसरीको इटहरीमा निर्माणाधिन फोहोर प्रशोधन केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगे पनि सञ्चालनमा चुनौती देखिएको छ । इटहरी उपमहानगरपालिकाले सम्झौता अनुसार काम नगरेका कारण निर्माण सम्पन्न भएपनि सञ्चालनमा चुनौती देखिएको हो । केन्द्र सञ्चालनका लागि इटहरी उपमहानगरपालिका , बैकल्पीक उर्जा केन्द्र र वेस्ट एण्ड इनभारो मेनेजमेन्ट प्रालि विच निर्माण देखि विस वर्ष सम्म वेस्ट एण्ड इन्भारो मेनेजमेन्ट प्रालिले सञ्चालन गर्ने सहमति भएको थियो । 

  फोहोर व्यवस्थापनका विषयमा गरिएको सम्झौतामा केन्द्र निर्माण हुने इटहरी १० नम्बर वडा क्षेत्रमा स्थानीयवासीका लागि खेल मैदान ,स्मसान घाट ,बाटो , वाल निर्माण गर्ने सहमति भएपनि उपमहानगरपालिकाले सम्झौता अनुसार काम नगरेको वेस्ट एण्ड इनभारो मेनेजमेन्ट प्रालिका प्रवन्ध सञ्चालक मानधोज मोक्तानले गुनासो गरे । snapshot_076

 

 

  अध्यक्ष मोक्तानले नगरपालिकाले सम्झौता अनुसारको निर्माणका कार्य अहिले सम्म सुरु समेत नगरेको कारण केन्द्र निर्माण भएपनि स्थानीयको विरोधका कारण सञ्चालनमा कठीनाई हुने अवस्था आउने वताए । उनले स्थानीयले सहमति नअनुसार भौतिक पुर्वाधार विकास नगरिदिए सञ्चालनमा अवरोध गर्ने चेतावनी दिदै आएको जानकारी गराए ।

  दुई वर्ष अघि फोहोर व्यवस्थापन सहित बायोग्यास र प्रागारिक मल उत्पादन गर्ने गरी सम्झौता भए बमोजिम प्रशोधन केन्द्र निर्माण कार्य गर्दै आएको वेस्ट इनभारोले निर्माण कार्य अन्तिम चरणमा पुगेको र आगामी असार देखि सञ्चालनमा ल्याउन सकिने जानकारी दिएको छ ।IMG_9520

 

 

  इटहरी उपमहानगरपालिकाका २०वटै वडाबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्दै प्रशोधन गरि बायोग्यास र प्रागारिक मल उत्पादन गर्ने गरि साडे १३ करोड लागतमा निर्माण सम्पन्न गर्ने गरि काम भई रहेको वेस्ट एण्ड इनभारोका प्रवन्धक भरत गिरीले वताए । 

  उनले प्रशोधन केन्द्र निर्माण सम्पन्न नहुदाँ सम्म फोहोर व्यवस्थापनका लागि नगरपालिकाले स्थान व्यवस्थापन गर्ने भनिएपनि उपमहानगरपालिकाले उपलव्ध गराएको हासपोसा सामुदायिक वन क्षेत्रमा फोहोर फ्याक्दा स्थानीयले विरोध जनाउदै आएको गुनासो गरे । 

  उनले खुल्ला फोहोर फ्याक्दा विभिन्न किसिमका समस्या हुने तर्फ मध्यनजर गर्दै आफुहरुले नै स्काभेटरको प्रयोग गरेर पुर्दै आएको समेत गिरीले जानकारी दिए ।

  फोहोर व्यवस्थापनका लागि त्रिपक्ष विच भएको सम्झौता अनुसार  प्रशोधन केन्द्रका लागि आवश्यक पर्ने मेशिनका लागि ४० प्रतिसत बैकल्पीक उर्जाले उपलव्ध गराउने सहमति अनुसार केही रकम उपलव्ध गराई सकेको छ । प्रशोधन केन्द्र निर्माण कार्यमा खटिएका इन्जिनियर निराजन सिहंले गुणस्तरिय काम भई रहेको वताए । उनले अन्य ठाउँमा समेत यस्तै प्रकारको फोहोर प्रशोधन केन्द्र निर्माण भई रहेको जानकारी दिए ।

  प्रशोधन केन्द्र निर्माण भई सञ्चालनमा आएपछि प्रत्येक दिन ३० टन फोहोर हालेर ८ सय केजी बायोग्यास र ६ टन प्रागारिक मल उत्पादन गर्न सकिने छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved