भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा सहभागी भएर पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किनुभएको छ । भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भमेलामा सहभागी भएर पूर्वराजा शाह आइतबार दिउँसो स्वदेश फर्किनुभएको हो ।
आइतबार भारतबाट फर्किनुभएका शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादीहरुले स्वागत गरेका थिए । कोरोना महामारीका बीच पनि ठूलो संख्यामा राजावादीहरु शाहको स्वागतमा विमानस्थल पुगेका थिए । विमानस्थलबाट बाहिरिए लगत्तै पूर्वराजा शाहलाई पञ्चकन्याले सयपत्री फूलको मालाले स्वागत गरेका थिए ।
हातमा नेपालको झण्डा बोकेर उपस्थित भएका समर्थकहरुले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा, हाम्रो देश’ लगायतका नारा समेत लगाएका थिए । विर गोर्खाली लगायत संघ संस्थाको सडकमा बाक्लो उपस्थिति थियो भने विर गोर्खालीले मोटर साईकल ¥याली सहित हेलिकप्टरबाट पुष्प वृष्टि गरेको थियो ।
भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी हुन गत चैत २६ गते पत्नी कोमल शाह, स्वकिय सचिव द्वय सागर तिमिल्सिना र फणिराज पाठक लगायत भारत जानुभएको थियो ।
निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा उहाँ कुम्भमेलामा सहभागी हुन हरिद्वार पुग्नु भएको हो । शाह दिल्लीमा समेत केही दिन बस्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved