काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आज दिउसो १ वजे काठमाडोंको नर्भिक अस्पताल भर्ना हुनुभएको छ । शोमवार विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनुभएका पूर्व राजा ज्ञानेन्द्र शाह, उहाकी धर्म पत्नी कमोलराज्य लक्ष्मी शाह र छोरी प्रेरणा शाह आज नर्भिक अस्पतालमा भर्ना हुनुहनुभएको हो ।
पूर्वराजाका संवाद सचिव फणिराज पाठकका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको भएकोपनि उपचारमा संलग्न चिकित्सकहरुको सुझाव अनुसार उहाँ अस्पताल भर्ना हुने कार्यक्रम तय भएको हो । अस्पताल आइसोलेसनमा सुरक्षित र केयरिङ हुने भएकाले शाह परिवारलाई नर्भिकमा भर्ना हुन चिकित्सकहरुले सुझएको पाठकको भनाई छ ।
भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किनु भएका शाह दम्पितीले कोरोना संक्रमण परीक्षण गराए पछि गत मंगलबार रिपोर्ट पोजेटिभ आएको थियो ।