काठमाडौंमा मास्क नलगाइ हिँड्ने १६ सय जनालाई सडकमै उभ्याइयो

  • बैशाख १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौंमा मास्क नलगाइ हिँड्नेलाई प्रहरीले सडकमै उभ्याएर राख्न थालेको छ ।

सोमबार बिहानमात्रै काठमाडौंका विभिन्न स्थानमा गरेर १६ सयजनालाई सडकमै ‘होल्ड’ गरिएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले जानकारी दिए । उनका अनुसार यसअघि मास्क अनिवार्य लगाउन प्रहरीले पटक पटक आग्रह गर्दै आएको थियो । कोरोना संक्रमण बढेपछि यस्तो गर्नुपरेको उनको भनाइ थियो । ‘होल्ड’ गरेर राखिएकालाई केहीबेरपछि छाडिएको थियो ।

प्रहरीले सोमबारदेखि काठमाडौंका विभिन्न स्थानमा माक्स नलगाइ हिँड्नेलाई सडकछेउमै उभ्याएर राख्न थालेको हो । कोरोना संक्रमण बढेसँगै मास्क अनिवार्य गरे पनि कैयौँ स्थानमा अझै मास्कबिना हिँडिरहेको पाइएपछि सडक छेउमै उभ्याएर राख्न लागिएको हो ।

कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने विषयमा आजै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

आजदेखि सरकारी कार्या ...

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved