निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ४२ पुग्यो

  • बैशाख २०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । आज बिहानदेखि बर्दियामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । यसअघि ठाउँ विशेषमा निषेधाज्ञा जारी गरिए पनि आज बिहान ६ बजेदेखि आउँदो ३१ गते बिहान ६ बजेसम्म पूर्णरुपमा निषेधाज्ञा लागू भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । बझाङमा र बैतडीमा आज बिहानैदेखि निषेधाज्ञा लागू भएको छ ।

बझाङमा आज बिहान १ बजेदेखि २६ गते राति १२ बजेसम्म र बैतडीमा आज बिहान ८ बजेदेखि जेठ २ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको गृहमन्त्रालयको विवरणमा उल्लेख छ । अर्घाखाँचीमा आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

कपिलवस्तुमा वैशाख २१ गते बिहान ४ बजेदेखि ३१ गते राति १२ बजेसम्म, धादिङमा पनि वैशाख २१ गते बिहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्म, नुवाकोटमा २१ गते बिहान चार बजेदेखि २७ गते राति १२ बजेसम्म र धनुषामा २१ गते विहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा हुने सूचना जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेका छन् ।

यसैगरी दैलेखमा पनि मंगलबार राति १२ बजेदेखि २८ गते राति १२ बजेसम्म जिल्लाभर पूर्ण निषेधाज्ञा लागू हुने छ । बागलुङ नगरपालिका क्षेत्रभर मंगलबार बिहान ६ बजेदेखि ३० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । यसअघि बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४ मा १७ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ गतेदेखि नै निषेधाज्ञा जारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved