काठमाडौं । कोरोना भाइरसको नयाँ भेरिएन्टसहितको संक्रमण फैलिएपछि बीमा समितिले कोरोना बीमालेखको कारोबार बन्द गर्ने भएको छ । समितिले आर्थिक वर्ष २०७८र ७९ अर्थात् असार मसान्तपछि कोरोना बीमालेखको कारोबार बन्द गर्ने भएको हो ।
समितिले गतवर्षको वैशाखमा कोरोना बीमालेख जारी गरेर बीमा कम्पनीलाई यसको कारोबार गर्न निर्देशन दिएको थियो । त्यसपछि २० निर्जीवन बीमा कम्पनीहरूले लघु बीमा पुलमार्फत संयुक्त रूपमा उक्त बीमाको कारोबार गर्दै आएका थिए । तर, साउन १ गतेदेखि बीमाको कारोबार बन्द गरिने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले जानकारी दिनुभयो ।
पौडेलका अनुसार सरकारले सहयोग गर्नेगरी कुनै नीति ल्याएमा भने बीमाको कारोबारलाई निरन्तरता दिन सकिने उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved