काठमाडौं । कोरोना संक्रमण देखिएर होम आइसोलेशनमा बस्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणिराज पाठक कोरोना संक्रमण मुक्त हुनुभएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीले ७ गते दिएको पिसिआरमा कोभिड१९ संक्रमण पुष्टि भए संगै ९ गते सिद्धिपोली क्लिनिकमा गरिएको पिसिआर टेष्टमा उहाँको कोरोना रिपोर्ट पनि पोजेटिभ आएको थियोे ।
स्वास्थ्यमा कुनै समस्या नदेखिएकाले उहाँ चिकित्सकहरुको सल्लाहमै सेल्फ आइसोलेसनमा बसेर आराम गरिराख्नुभएको थियो । यो बिचमा भने उहाँको स्वास्यमा केहि परिवर्तन आएको थियो । ज्वरो आउने, थकान लाग्ने र सामान्य खोकी लाग्ने जस्ता समस्या देखा परेको उहाँको भनाई छ ।
अहिले उहाँको स्वास्थ्यमा कुनै समस्या नभएपनि केही दिन भने आराम गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ । आज १४ औं दिनमा उहाँको पिसिआर नेगेटिभ आएको हो । आफ्नो स्वास्थ्यलाभको कामना गर्ने र शुभेच्छा दिने सम्पुर्ण शुभचिन्तक र हितैषीप्रति पनि डा.पाठकले हार्दिक आभार र धन्यवाद दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved