काटमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले नाटकिय परिवर्तन नभए आज केपी शर्मा ओलीको राजीनामा आउने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा थापाले लेखेका छन् । “नाटकिय परिवर्तन भएन भने आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बिश्वासको मत गुमाउनु हुनेछ।” ओलीको आजै राजीनामा आउन सक्ने थापाले बताएका छन् । राजीनामा दिएपछि सबैभन्दा ठूलो दलको संसदीय नेताको रुपमा राषट्रपतिले फेरी केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री बनाउन सक्ने थापाले बताए ।
ओलीले अनेक विवादरअसफलताका वावजुद लिम्पियाधुरासहितको ‘चुच्चे’ नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहने थापाले बताए ।
सामाजिक सञ्जालमा थापाको उक्त स्टाटसमा प्रतिक्रिया दिँदै झापा घर भई हाल काठमाडौं बस्ने केशव ढुङ्गेल लेख्छन्
ओली बलिया र साहसी नेता चाहिं पक्कै होइनन् तर परिस्थितिको साँचोमा आफूलाई ढाल्न सिपालु नेता चाहिं पक्कै हुन् । मानिस सबैका गुण र दोष हुन्छन् सबल र दुर्बल पक्ष हुन्छन् सबल पक्षको प्रशंसा गर्नु र दुर्बल पक्षको आलोचना गर्नु स्वाभाविक हो । ती दुवै कार्यमा पूर्ण सफलता नपाए पनि पाइलो साँर्ने कर्मले उनको कद भने पक्कै बढेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved