काठमाडौंः कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज भएर घर फर्किनु भएको छ ।
कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई बुधबार राति ८ बजे ज्ञानेन्द्र शाह डिस्चार्ज भएर फर्किएको नर्भिक अस्पतालले जनाएको हो ।
कोरोना संक्रमण भई १९ दिनअघि पूर्वराजा शाह, उहाँकी पत्नी पूर्वरानी कोमल र छोरी प्रेरणा नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो ।
३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
अस्पतालमा उपचाररत पूर्व महारानी कोमल शाहको अवस्था भने सुधारोन्मुख रहेको अस्पताल प्रशासनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved