जनता रहे पो म राजनीति गर्छु भन्दै मेयर राणा संक्रमितको सेवामा

  • जेठ ४, २०७८
  • कालापानी मिडिया
alt

नेपालगन्ज । नेपालगन्ज उपमहानगर पछिल्लो समय आइसोलेसन बनाउनेदेखि विरामीका लागि अत्यावश्यक सेवा सुविधा उपलब्ध गराउने र स्वास्थ्यकर्मीको व्यवस्थापनमा समेत अग्रपंक्तिमा देखिएको छ । बिशेषगरी यस कार्यकालागि नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्सेर राणाको भुमिका सराहनिय छ ।

184769659_2883664408628576_3157130550162097969_n

आफुसंगै उपमेयर उमा थापा मगर, स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वली, जागेश्वर बस्तेन लगायतलाई साथमा लिएर प्रमुख राणले यतिबेला कोरोना रोकथाम तथा विरामीको प्रभावकारी सेवाकालागि जीउ ज्यान लगाएर काम गरिरहेका छन् ।

184157465_3000030450312414_1628009214211500339_n

डा.राणा बिरामीलाई आत्मबल बढाउनकैलागि होस वा हौसला प्रदान गर्न होस दिनहु अस्पतालमा विरामीले भरीएका शैय्या वरीपरी नै हुन्छन् । आफ्नै निगरानीमा उनिहरुलागि खानपानको व्यवस्था पनि गराएका छन् ।

185525552_2538842226410576_6253730478376090967_n

आफ्नो ज्यानको प्रभाह नगरी हरेक दिन आइसोलेसन सेन्टरहरूको व्यवस्थापनमा खटिँदै मेयर प्रत्यक्ष विरामीको निगरानीका साथै यतिबेला कृत्रिम अभाव देखाइएको अक्सिजन सिलिण्डरको खोजीमा नेपालगन्जका टोलटोलमा आफैं भौतारिरहेका छन् ।

184300228_1274933492902193_7056623051333361347_n 185293718_3000033106978815_7056305992713683527_n

उनि भन्छन्, म जनताको जनप्रतिनीधि हु । मलाई यहासम्म पु¥याउने मेरा प्यारा जनता नै नरहे म कसकालागि र केकालागि  राजनीति गर्ने ? यो बेला हातमा हात राखेर टुलुटुलु हेरीरहने होइन, आफुले जहाँ जसरी सहयोग गर्न सकिन्छ सकुन्जेल गर्ने हो । आफ्नै अगाडी जनता छट्पटाइरहेको देख्दा न मलाई भोक लाग्छ न निन्द्रा नै । मैले बिरामीसंग र उनका आफन्त संग भेटघाट गर्दैमा पनि उाहाहँहरुको आत्मबल बढ्छ उनको विश्वास छ ।,

185160423_3000030350312424_2213789888763628074_n

अहिले उपमहनगरले विरामी बोक्नका लागि आफ्ना सवारी साधन समेत प्रयोगमा ल्याएको छ । यसले विरामीलाई ओसारपोसारमा सहज भएको नेपालगन्जबासीहरु बताउँछन् । यतिबेला नेपालगन्जबाट भारतका साथै बाहिर जिल्लामा अक्सिजन तस्करी भइरहेका समाचारहरु आइरहेका छन् । तर, बाँकेमा अभाव देखाइएको छ । नेपालगन्जमा रहेका आइसोलेसन र कोभिड अस्पतालमा अक्सिजन अभाव हुन नदिन नेपालगन्जमा मेयर डा.राणा गाउँबस्तीमा अक्सिजनका सिलिण्डरको खोजीमा आफैं जुट्छन्, सिलिण्डर आफै बोक्छन् र अस्पताल सम्म पु¥याउछन् ।

185729322_2883664321961918_97486583427477389_n

डा.राणाकै पहलमा उपमहानगरले हालसम्म तीनवटा आइसोलेसन निर्माण गरिसकेको छ । जसका कारण गम्भीर प्रकृतिका बिरामीलाई उपचारमा सहज भएको छ । मेयर राणाले नेपालगन्जका उद्योगी, व्यापारी, विभिन्न संघसंस्था, समाजसेवी लगायत सहयोगी हातहरुप्रति हार्दीक आभार व्यक्त गरेका छन् ।

186459613_2883664475295236_5079715819433085857_n 186501582_2884452181883132_5371402531873452007_n 185729322_2883664321961918_97486583427477389_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved