बाँके अस्पतालमा तनाव, स्वस्थ्यकर्मीमाथी आक्रमण, आक्रमण गर्नेलाई कारबाही गर्न उपमहानगरका मेयर राणाको माग

ज्यान जोगाउन स्वास्थ्यकर्मीले एक तलामाथिबाट हाम फाले स्वास्थ्यकर्मी तितरबितर हुँदा दुई बिरामीको मृत्यु

  • जेठ १४, २०७८
  • कालापानी मिडिया
alt

बाँके । नेपालगन्ज उपमहानगरपलिकाका मेयर डा धवलशमशेर राणाले भेरी अस्पतालमा कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई आक्रमण गर्ने माथी कारबाहीको माग गरेका छन् । उनले सामाजीक संजार ट्विटर मार्फत महामारीमा अग्रपंक्तिमा रहि बिरामी बचाऊन ज्यानको बाजी लगाएर अहोरात्र खटिने स्वास्थ्यकर्मी माथी भएको आधmमणको निन्दा गर्दै कारबाहीको माग गरेका हुन् । उनले लेखेका छन्, महामारीमा अग्रपंक्तिमा रहि बिरामी बचाऊन ज्यानको बाजी लगाएर अहोरात्र खटिने भेरी हस्पिटलका स्वास्थ्यकर्मी माथी गएराती गरिएको दुर्ब्यवहार र विध्वंसात्मक हर्कत अक्षम्य र अपराधीक छन । तत्काल कार्बाहीको गरियोस् !! 

dhawal
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकलाई दुर्व्यवहार गर्दा अस्पतालमा तनाव भएको छ। भेरी अस्पतालमा दाङका डिल्ली रावतको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तहरुले चिकित्सकलाई दुव्र्यवहार गरेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज वलीको भनाई छ ।

गत जेठ ४ गते भेरी अस्पतालमा भर्ना गरिएका रावतको स्वाथ्य अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएपछि मृतकका छोरा र भाइहरूले भेन्टिलेटरमा राखेर उपचार गर्दा मृत्यु भएको भन्दै डाक्टर चन्द्रप्रकाश साहु र नर्सहरु अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ। हातपात गरेपछि उनीहरु हामफालेर ज्यान जोगाएका थिए।

आफुहरु नभागेको भए उनीहरुले जे पनि गर्ने भन्दै कारबाही गर्नुपर्ने माग राखेका छन्। अस्पतालमा स्वास्थ्यकर्मी तितरबितर हुँदा दुई बिरामीको मृत्यु समेत भएको अस्पतालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

आजदेखि सरकारी कार्या ...

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved