जेठ २१बाट उपत्यकाको निशषेधआज्ञा खुकुलो पार्ने तयारी,स्वास्थ्य मापदण्डमा भने कडाई गरिने

  • जेठ १६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गरिएको आज एक महिना पुगेको छ । जेठ २० गतेसम्म कोरोना संक्रमणको भयावह अवस्था न्यूनीकरण गर्न भन्दै निषेधाज्ञा जारी छ । निषेधाज्ञा कहिले खुल्छ टुंगो छैन । पछिल्लो एक सातायता उपत्यकामा संक्रमण र मृत्युदर दुवै घट्दो क्रममा छ । जुन सकारात्मक संकेत हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली भन्छन्, “वैशाख २० गतेदेखि जेठको पहिलो सातासम्म अवस्था निकै भयावह थियो । अक्सिजन, बेड, अस्पताल नपाएको गुनासो व्यापक थियो । अहिले ती समस्या समाधान भएका छन् ।”
समयमै निषेधाज्ञा गरेका कारण उपत्यकामा ठूलो क्षति रोकिएको उनले बताए । तर, चैतको अन्तिम साता वा वैशाखको पहिलो साताबाटै निषेधाज्ञा गरेको भए संक्रमण रोक्न अझै सहज हुने उनको भनाइ छ ।

एक साताअघिसम्म उपत्यकामा संक्रमण दर औसतमा तीन हजार बढी दैनिक थियो । अहिले त्यो संख्या दुई हजारको हाराहारीमा छ । नागरिककै स्वास्थ्यलाई ध्यानमा राखेर २० गतेसम्मको निषेधाज्ञामा कडाइ गरिएको पराजुली बताउँछन् ।
तर, अब विस्तारै स्वास्थ्य मापदण्डमा कडाइ गरेर निषेधाज्ञा केही सहज बनाउनुपर्नेमा प्रजिअ पराजुली सहमत छन् । तर, अहिले नै संक्रमणको अवस्था कस्तो हुन्छ भनेर पूर्वानुमान गर्न नसकिने उनी बताउँछन् ।

जेठ २० गतेपछि खाद्यान्न र किराना पसल भने बिहानको समयमा खोल्ने तयारी छ । २० गतेसम्म तरकारी पसलबाहेक अन्य सबै पसल बन्द गर्ने प्रशासनको निर्णय छ । यसबाहेक बैंक तथा वित्तीय संस्था समेत अहिलेको भन्दा केही बढी मात्रामा खुलाउन दिने तयारी छ ।

निषेधाज्ञा जारी राखेरै स्वास्थ्य मापदण्ड अपनाएर जनजीवन सहज बनाउनेतर्फ आफूहरु सकारात्मक रहेको पराजुली बताउँछन् । उनले भने, “संक्रमणको दर घट्दै गए केही सहज पक्कै हुन्छ । तर, के–के हुन्छ, अहिले भन्न सकिँदैन ।”
निषेधाज्ञा बढ्दै जाँदा कतिपयले नागरिकलाई कहिलेसम्म थुनेर राख्ने हो भनेर आउने गुनासाहरुबारे पनि आफू जानकार रहेको पराजुली बताउँछन् ।

उपत्यकामा तीन जिल्लामध्ये सबैभन्दा बढी संक्रमित काठमाडौंमै छन् । यस्तोमा अझै नागरिक सचेत हुनुपर्ने सुरक्षा अधिकारीहरु बताउँछन् ।
बाह्रखरी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

आजदेखि सरकारी कार्या ...

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved