तिङ्करमा सशस्त्रको बीओपी निर्माण अलपत्र, निर्माण नथाल्दै म्याद सकिन लाग्यो

मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा सशस्त्र प्रहरीको भवन निर्माण हुँदै

  • जेठ १७, २०७८
  • कालापानी मिडिया
alt

दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) निर्माणको काम शुरू भएको छैन। असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बीओपी निर्माणको काम अझै शुरू हुन नसकेको हो।
व्यास गाउँपालिका-१ को तिङ्कर गाउँभन्दा माथिको छायालेकमा सशस्त्र प्रहरीको बीओपी बनाउने तयारी गरिएको हो।

चीनसँगको सीमा क्षेत्रको निगरानी गर्न सरकारले तिङ्करमा पनि सशस्त्र राख्न लागेको हो। छ महिनाभित्रै प्रिफ्याबको एङ्गलसहितको भवन निर्माण गर्ने सम्झौतामा उल्लेख छ। भवन निर्माणका लागि धुलिखेल प्याराडाइज एण्ड एलबी निर्माण सेवाले ठेक्का पाएको छ। सम्झौता अवधि सकिन एक महिना बाकी रहँदा पनि निर्माण व्यवसायीले निर्माण कार्य शुरू नै गरेको छैन।

अहिले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गूल्म छाङ्गरुमा भाडाकै घरमा बसेको छ। छाङ्गरुमा अहिले निर्माणको काम भइरहे पनि तिङ्करमा भने काम नै शुरू हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ। निर्माण व्यवसायी लालबहादुर बम भने व्यासको तिङ्करमा छ महिनामा भवन बनाउन नसकिने बताउँछन्‌। पुसदेखि चैत-वैशाखसम्मै हिमपात भयो। हिउँ परेको बेला त्यो क्षेत्रमा गएर भवन बनाउन सकिँदैनु, निर्माण व्यवसायी बमले भने, अहिले मौसम ठीक भएको छ।

दार्चुलाको तिङ्कर छायालेक समुद्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा पर्दछ। यो क्षेत्रमा निकै चिसो हुने गर्दछ। यही क्षेत्रमा नेपाल प्रहरी पनि बस्दै आएको छ। सशस्त्र प्रहरी पनि सँगै राख्ने गरी भवन निर्माण गरिन लागेको हो।

अहिलेको छ महिनामा भवन निर्माण गर्न सकिँदैनु, निर्माण व्यवसायी बम भन्छन्‌, विकट ठाउँ छ। सामान ढुवानी गर्न लकडाउन छ। मजदुर लिन पनि भारतबाट अनुमति पाइने अवस्था छैन। नेपालतिर बाटोको अवस्था थाहा नै छ।

सरकारले तिङ्करमा बोर्डर आउट पोष्ट बनाउनका लागि रु एक करोड बजेटमा ठेक्का सम्झौता गरेको थियो। सरकारले व्यासको छाङ्गरुमा सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म राखेको छ। गुल्मअन्तर्गत माथिल्लो कौवा र तिङ्करमा बीओपी राख्ने तयारी छ। व्यास-२ दुम्लीङमा बीओपी स्थापना भइसकेको छ।

सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि सशस्त्र प्रहरीलाई बाह्रै मास व्यासमा राखेको हो। अहिले सशस्त्र कालापानीभन्दा झण्डै १४ किलोमिटर तल गागामा बस्दै आएको छ।

जोलजीवीमा सशस्त्र प्रहरीको भवन निर्माण हुँदै

मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा नयाँ भवन निर्माण भइरहेको छ। आगामी असार मसान्तभित्र निर्माण सक्ने गरी भवन निर्माण भइरहेको हो।

भारतसँग सीमा जोडिएको जोलजीवीमा अहिले सशस्त्र प्रहरी भाडाको घरमा बसेको छ। सशस्त्र प्रहरीलाई आफ्नै ब्यारेकमा राख्नका लागि अहिले भवन निर्माणको काम भइरहेको हो।

भवन निर्माणका लागि रु एक करोड बजेट विनियोजन भएको थियो। भवन निर्माणको जिम्मेवारी धुलिखेल प्याराडाइज एलबी कन्सट्रक्र्सनले पाएको छ। भवन निर्माणका लागि गत पुसमा निर्माण कार्य सम्झौता भएको थियो।

अहिले सशस्त्रको लागि प्रिफ्याबको भवन निर्माण हुने छ। भवन निर्माणका लागि एङ्गल राख्ने काम शुरू गरिएको निर्माण व्यवसायी बमले बताए। भवन निर्माण शुरू गरेका छौँ, असारभित्रै काम सकिन्छु, उनले भने, अहिले निषेधाज्ञाका कारण समयमै सामान निर्माणमा स्थलमा पु¥याउन ढिलाइ भएको हो, अहिले कामदारसहित फिल्डमा खटाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved