यी हुन्, कोरोना महामारीमा नेपाललाई सहयोग गर्ने मुलुकहरू

  • जेठ १८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । सरकारले अहिले कोरोना महामारी नियन्त्रण र जोखिम न्यूनीकरणको लागि आन्तरिक तथा बाह्य दुवै क्षेत्रबाट सहयोग मागिरहेको छ। त्यसै गरी देशका ठुला व्यापारी अनि विभिन्न दातृ निकायका अलावा नेपालका धेरै मित्र राष्ट्रहरूले समेत खुलेर सहयोग गरिरहेका छन् ।

बाह्य सहयोग जुटाउन पहल गर्ने निकाय परराष्ट्र मन्त्रालय सुत्यो। प्रधानमन्त्रीलाई विपक्षी सराप्दैमा फुर्सद भएन। यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले विधि नाघेर भए पनि चिनियाँ राष्ट्रपतिसँग कुरा गरिन्। त्यहाँका राष्ट्रपतिले बचन दिए अनुरूप सहयोग स्वरूप थप ९ लाख डोज खोप आज मङ्गलवार नेपाल आइपुग्दै छ।

भण्डारीले भारतका राष्ट्रपति र अमेरिकी राष्ट्रपतिलाई समेत पत्र लेखेर नेपाललाई खोप आपूर्ति गर्न सहयोग मागेकी छिन्। बेलायती महारानीलाई समेत नेपाललाई खोप उपलब्ध गराउन पहलको लागी पत्र लेखेकी छिन्। नेपालमा महामारी उच्च दरमा बढेपछि धेरै मुलुकले स्वास्थ्य सामग्री सहयोग गरेका छन्।

स्वास्थ्य मन्त्रालयले यसरी विदेशबाट सहयोगका रूपमा आइरहेका स्वास्थ्य सामग्रीमध्ये सङ्क्रमण जाँच्ने किटहरू सरकारका लागि निकै उपयोगी भएको बताएको छ । यसबिचमा धेरैजसो देशहरूले कतै उनीहरूकै चाटर्ड विमानमा त कतै नेपालकै विमानलाई बोलाएर स्वास्थ्य सामग्रीहरू पठाएका छन् । जसमध्ये प्रमुख देशहरूको सहयोग निम्न अनुसार छ।

चीन - ३५ सय अक्सिजन सिलिन्डर, १० भेन्टिलेटर, ४० पोर्टेबल भेन्टिलेटर, २० स्वचालित एनलाइजर, १० डीआर मेसिन, २० पोर्टेबल अल्ट्रासाउन्ड र ३० वटा एनेस्थेसिया मेसिन । चीनकै सिचुआन प्रान्त सरकारले चाटर्ड उडानमार्फत ३ लाख मास्क, १ लाख ६२ हजार ८८० एन–९५ मास्क, १० हजार पिपिई, ५५० विभिन्न खाले थर्मोमिटर उपलब्ध गराइएको छ । तिब्बत स्वायत्त क्षेत्र सरकारले ३० हजार लिटर लिक्विड अक्सिजन उपलब्ध गराएको छ ।

त्यसबाहेक तिब्बत सरकारले २०० आइसियु शय्या, पाँच भेन्टिलेटर, १० अक्सिजन कन्सन्ट्रेटर, ८०० अक्सिजन भरिएका ग्यास सिलिन्डर र १५ हजार एन्टिजेन परीक्षण किट उपलब्ध गराउने घोषणा गरेको छ । चीनको रेडक्रस सोसाइटीले ९० अक्सिजन कन्सन्ट्रेटर, २ हजार कभरलर र ७ लाख सर्किजल मास्क उपलब्ध गराउने भएको छ ।

अमेरिका - सर्किजल मास्क, फेसशील्ड र पन्जाहरू बोकेको पहिलो चाटर्ड फ्लाइट दुई दिन अघि शनिवार नेपाल आइपुगेको छ। तत्काल थप तीन चाटर्ड फ्लाइटमा स्वास्थ्य सामग्री आइपुग्ने बताइएको छ । यसै महिना मात्र नेपालमा परीक्षण, सङ्क्रमित पहिचान, उपचार र निदानको सरकारी क्षमता वृद्धिका लागि एक करोड ५० लाख अमेरिकी डलर सहायता अमेरिकाले गराइएको छ ।

बेलायत - नेपाल प्रहरी अस्पतालमा दैनिक १६० अक्सिजन सिलिन्डर उत्पादन क्षमताको प्लान्ट निर्माणमा सहयोग । युकेले उपलब्ध गराएका सामग्रीमा २६० वटा भेन्टिलेटर, एक महिनासम्म पुग्ने अन्य सामग्रीहरू र १९ हजार २०० वटा आई–प्रोजेक्टरहरू छन् । नेपाल मेड युकेले उपलब्ध गराएका अक्सिजन कन्सन्ट्रेटरहरू पनि नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

स्विट्जरल्यान्ड- ४० अक्सिजन भेन्टिलेटर, ११ लाख एन्टिजन परीक्षण किट, १० अक्सिजन कन्सन्ट्रेटर, १ हजार नसल कनल्ज, मास्क, पन्जा र सुरक्षित रहने लुगाहरू सहितका ३० टन स्वास्थ्य सामग्री ।

फ्रान्स- १४ भेन्टिलेटर र अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने थप उपकरण, २० हजार एन्टिजेन टेस्ट किट र ५० हजार केएन ९५ मास्क।

जर्मनी- ६२ भेन्टिलेटर, २७ हजार ५०० एफएफपीटू मास्क, ३० हजार सर्किजल मास्क, २०० बडी ब्याग, ५०० आइसोलेसन सेन्टर बनाउने टेन्ट, ४०० बुट ।

बेल्जियम- १० लाख सर्किजल मास्क र २ हजार नसल कनल्ज ।

सिङ्गापुर- गैरनाफामूलक संस्था तेमासेक फाउन्डेसन इन्टरनेसनलले अन्य केही संस्थाको समन्वयमा पीसीआर किट, पल्स अक्सिमिटर, आरएनए एक्स्ट्र्याक्सन मेसिन र किटहरू, ३० टेलिभेन्टिलेटर र ६ वटा भेन्टिलेटर ।

फिनल्यान्ड- २२ लाख सर्किजल फेस मास्क, ३लाख ५० हजार एफएफपीटू मास्क, ५२ हजार ५०० जोर पन्जा र ३० हजार आइसोलेशन गाउन । फिनल्यान्डबाट पन्जा, मास्क, गाउन, अनुहार ढाक्ने फेसशील्ड सहितका सामाग्री उपलब्ध भएका छन् ।

स्पेन- १ लाख २४ हजार ८०० एन्टिजेन किट, १० अक्सिजन कन्सन्ट्रेटर, १ लाख ४४ हजार एफएफपीटू मास्क, ५० अक्सिजन सिलिन्डर र १५ भेन्टिलेटर ।

युएई - युएईले नेपाललाई सहयोग गरेको १५० वटा भेन्टिलेटर र १० करोड मूल्य बराबरीको ३० टन स्वास्थ्य सामग्री भोलि बुधबार नेपाल आईपुग्दैछ। यी बाहेकका देशहरूले पनि कोरोना महामारीको समयमा स्वास्थ्य सामग्री लगायत आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

आजदेखि सरकारी कार्या ...

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved