काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले तराई मधेशलाई मरूभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन्।
सरकारले अध्यादेशमार्फत् हालै ल्याएको बजेटमा ढुंगा, गिटी र बालुवा निकासी गर्ने बुँदा उल्लेख थियो। त्यसतर्फ संकेत गर्दै थापाले यस्तो बुँदाबारे सरकारी नीतिले सर्वत्र भ्रम र आशंका तथा चिन्ता पैदा भएको बताएका छन्। उनले सरकारले आफ्नो धारणा स्पष्ट गर्न सरकारलाई आग्रहसमेत गरेका छन्।
‘खानीजन्य ढुंगा, गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिने छ’ भन्ने सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको छ,’ उनले आज बिहान ट्वीट गर्दै भनेका छन्, ‘यसबारे सरकारले आफ्नो धारणा स्पष्ट गर्नुपर्छ। वातावरणीय सन्तुलन विगार्ने तथा तराईरमधेश र भित्रीमधेशलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य हुँदैन।’
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved