नेताको दशैं : कसले कहाँ र कसरी मनाउँदै छन् ?

  • आश्विन १८, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं, १८ असोज । दशैंको रमझम बढेको छ । संघीय राजधानी काठमाडौंबाट गाउँ जानेको भीड पनि ह्वातै बढेको छ ।

कति गइसकेका छन् भने कतिपय जाने तयारीमा छन् । नयाँ कपडाको किनमेलसँगै दशैंका लागि आवश्यक समानको व्यवस्थापनमा सर्वसाधारण जुटेका छन् ।

सधैं राजनीतिक कार्यक्रम, बैठक, सभा, सम्मेलनमा व्यस्त रहने राजनीतिक दलका नेता दशैंमा नेताकार्यकर्ता, सर्वसाधारणसँग भेटघाट गर्दै जनताका समस्या बुझ्ने योजनामा रहेका छन् । शीर्ष नेताहरू संघीय राजधानी छोडेर जिल्लामा पुगिसकेका छन् । जिल्लामा आयोजित शुभकामना कार्यक्रममा सहभागी उनीहरू आफूले गरेका कामको जानकारी समेत गराइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको अवसरमा गृह जिल्ला झापामा आयोजना हुने शुभकामना कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहेको छ । २० असोजमा झापामा आयोजित कार्यक्रममा सहभागी भएर सोही दिन काठमाडौं फर्किने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

२१ असोजमा बुबा मोहनप्रसाद ओलीबाट टीका ग्रहण गरिसकेपछि प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनले सर्वसाधारणलाई टीका लगाउने छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले दशैं परिवारसँगै घरमै मनाउने कार्यक्रम रहेको छ । कुनै विशेष कार्यक्रम नभएको जनाउँदै दाहाल सचिवालले परिवारसँगै मनाउने योजना रहेको जनाएको छ ।

नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले दशैं काठमाडौं डल्लुस्थित निवासमै मनाउने कार्यक्रम रहेको छ । पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तकलगायतलाई डल्लुमा टीका लगाएर दशैं मनाउने योजना रहेको सचिवालयले जनाएको छ ।

नेकपा वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल दशैं, दीपावली, छठलगायतका पर्वको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन शनिबार (१८ असोज) रौतहट जाँदै छन् । टीका घरका ज्येष्ठ सदस्य दिव्य उपाध्यायबाट काठमाडौंमै लगाउने र नेता, कार्यकर्ता, शुभचिन्तकलाई लगाई दिने कार्यक्रम रहेको नेपालको सचिवालले जनाएको छ ।

पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले किताब पढेर दसैं मनाउँदै छन् । बुबा भोजप्रसाद भट्टराईबाट टीका ग्रहण गरेपछि उनले आफन्त, पार्टीका कार्यकर्ता, शुभचिन्तकलाई टीका लगाउने कार्यक्रम रहेको खबर राजधानी दैनिकले छापेको छ ।
नेताहरुको दशैं
प्रधानमन्त्री ओली झापामा शुभकामना कार्यक्रममा सक्रिय हुने ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवारसँगै दशैं मनाउने ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालले काठमाडौं डल्लुस्थित निवासमै मनाउने ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल रौतहटका विभिन्न कार्यक्रममा सक्रिय हुने ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले किताब पढेर दशैं मनाउने ।
राजपा नेपालका नेता राजेन्द्र महतो जनकपुरमा विभिन्न साँस्कृतिक कार्यक्रममा सहभागी हुने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

आजको मौसम : उच्च पहा ...

काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली छ। मौस ...

आज किराँत फाल्गुनन्द ...

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved