भारतको बिहारमा हट्यो लकडाउन, रात्रिकालीन कर्फ्यु यथावत्

  • जेठ २५, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । भारतको बिहारमा कोरोना भाइरसको दोस्रो लहरका कारण जारी लकडाउन हटाइएको छ। बिहारका मुख्यमन्त्री नितिश कुमारले ट्विट गर्दै लकडाउन हटाइएको घोषणा गरेका हुन्।

लकडाउन हटे पनि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यु भने जारी रहेको छ।

मुख्यमन्त्री नितिश कुमारले लकडाउन जारी गरिएका कारण राज्यमा कोरोना नियन्त्रण गर्न सहज भएको बताएका छन्। साथै उनले अझै पनि भिडभाडबाट जोगिन आवश्यक रहेको बताएका छन्।

लकडाउन खुलेपछि अब सरकारी तथा निजी कार्यालयहरुमा ५० प्रतिशत कर्मचारीले काम गर्न पाइनेछ। साँझ ४ बजेसम्म सरकारी तथा निजी कार्यालयहरु खुल्नेछन् भने पसलहरु साँझ ५ बजेसम्म खोल्न पाइनेछ।

साथै अनलाइन पढाइ जारी नै रहनेछ भने निजी सवारी साधन चल्न पाउनेछन्। तर यो सबै व्यवस्था पहिलो पटक एक हप्ताका लागि गरिएको हो। भारतका अन्य थुप्रै राज्यमा हिजोदेखि लकडाउन खुकुलो पारिएको छ। दिल्ली, हरियाणा, तमिलनाडु, महाराष्ट्र, गुजरात तथा राजस्थानमा हिजोदेखि लकडाउन खुकुलो पारिएको छ।

भारतमा दोस्रो लहरको कोरोना संक्रमण उच्च विन्दुमा पुगेर ओरालो लागेपछि विभिन्न राज्यले लकडाउन खुकुलो पार्दै लगेका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved