जनकपुरधामः नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच प्रदेश २ मा सत्ता सहकार्यका लागि सहमति भएको छ । हस्ताक्षर पत्रमा जसपाका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लालबहादुर राउत र कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले हस्ताक्षर गरेका छन् । दुई दलबीच दुई बुँदे सहमति भएको हो ।
‘लोकतन्त्र, संघीयता, समावेशी समानुपातिक र प्रादेशिक अधिकारको संरक्षण, संवद्र्धन र सुदृढिकरण गर्न जनता समाजवादी पार्टी नेपाल प्रदेश २ को प्रदेश सभा संसदीय दलको नेता मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको सरकारमा नेपाली कांग्रेस प्रदेश २ को प्रदेश सभा संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा सरकारका सहभागी हुने,’ सम्झौता पत्रमा उल्लेख छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा तथा खानेपानी मन्त्रालय र महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालय कांग्रेसको भागमा परेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved