काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। बिहीबार नै मन्त्रीहरूको शपथ गराउने तयारी छ।
एमाले नेता विष्णु रिजालका अनुसार सात मन्त्री र एक राज्यमन्त्री थपिँदैछन्। उनीहरूको आज दिउँसो ४ बजे शपथ ग्रहण हुने रिजालले सामाजिक सञ्जालमा लेखेका छन्।
हाल गृह, सञ्चार, रक्षा, उद्योग, कृषि, वन, संघीय मामिलासहित सात मन्त्रालय रिक्त छन्। यी सबै मन्त्रालयको जिम्मेवारी प्रधामन्त्री ओली आफैंले सम्हालिरहेका छन्।
शुक्रबार प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी ९जसपा०का महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबाट ८ मन्त्री र २ राज्यमन्त्री थपेका थिए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved