महामारी र विपद् न्यूनीकरणमा सबैले योगदान गरौं-पूर्वराजा शाह

  • असार २, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी र विपद्को घडीमा सबै मिलेर यसको न्यूनीकरणमा लाग्नु पर्ने बताउनु भएको छ।
कोरोनाले आक्रान्त भइरहेको समयमा बाढी पहिरो नदी कटान जस्ता विपत्ति आइपरेको भन्दै पूर्व राजा शाहले विज्ञप्ती निकाल्दै सरकारलाई उद्धार र राहतको प्रभावकारी व्यवस्थापन गर्न आग्रह गर्नु भएको हो ।

शाहले वर्षायाम शुरूवात भएसंगै देशका विभिन्न स्थानमा गएको बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपले ठूलो धनजनको क्षती भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै पिडितको उद्धार र राहतका काममा राज्यका सम्पुर्ण संयन्त्रलाई प्रभावकारी परिचालनमा जुट्न आग्रह समेत गर्नुभएको छ । उहाँले बिपदमा परि ज्यान गुमाउनेप्रती श्रद्धाञ्जली व्यक्त गर्दै पीडितको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।

पूर्व राजा शाहद्धारा लेखिएको विज्ञप्ती जस्ताको तस्तै,
                                      पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट

                                          प्राकृतिक विपत्तिप्रति गहिरो चिन्ता र चासो ब्यक्त

देश कोभिड १९ को महामारीबाट आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति हामी कहाँ आईपरेको छ । हिमाल, पहाड र तराईका धेरै जिल्लाहरुमा कतिपय जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवम् ग्रामीण तथा शहरी वस्तीका बासिन्दाहरुको उठीबास भएको दुःखद खबर सुन्दा, देख्दा हामीलाई दुखित तुल्याएको छ । मनसुन प्रारम्भ मात्र भएको यो समयमा नै यति धेरै क्षति हुन पुग्यो भने तिब्र बर्षात आउने समयमा अझ के के हुने हो ? यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनिकरण गर्ने तर्फ जिम्मेवार बन्नु पर्ने हुन्छ । प्राकृतिक विपत्ति सबैको चिन्ताको बिषय भएकोले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवं राहतकारी व्यवस्था मिलाउने बिषयमा सबै पक्षको गम्भिर ध्यान जानु पर्ने देखिन्छ । अवस्था विकराल नहोस, अपार क्षति नहोस् र जनकल्याणकारी प्रबन्ध प्रभावकारी रुपमा होस भन्ने हाम्रो आग्रह छ ।

जय नेपाल

२०७८ साल आषाढ ३ गते

rr

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

आजदेखि सरकारी कार्या ...

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved