राष्ट्रको अस्तीत्व रक्षाकोलागि गोलबन्द हौ

संसारमा राजनीतिक व्यवस्थाहरु परिवर्तन भइरहन्छन् । इतिहासका हरेक पानाहरुमा यिनै परिवर्तनका तस्वीरहरु हुन् । विभिन्न कालमा विभिन्न आवश्यकताहरुले महत्व र

  • असार ६, २०७८
  • कालापानी मिडिया
alt

बंशीकुमार शर्मा

देश भन्नाले भौगोलिक सिमानाभित्र रेखांकित मानचित्रलाई बुझिन्छ जो निश्चित देशको नामले अगाडि बढेको हुन्छ । बहादुर सपुतहरुले कयौं प्रयत्न गरेर देश निर्माण गर्दै आफ्नो राष्ट्रको भौगोलिक सीमाना कायम गरेका हुन्छन् । हाम्रो देशको भौगोलिक इतिहास हेर्दा छिन्नभिन्न र स–साना राज्यमा छरिएर रहेको राज्यलाई एकत्रित गर्दै पश्चिमबाट उदाउ“दै आएको अंग्रेजलाई हराउँदै पूर्वमा सिक्किम राज्यको टिष्टानदिसम्म र पश्चिममा भारतको उत्तराञ्चलको गडवालसम्म फैलाएका थिए त्यही मात्र नभई उत्तरमा तिब्बत र दक्षिणमा लखनऊ, बनारस, गोरखपुरसम्म राज्य विस्तार गर्न सफल भएका थिए । यसरी निर्माण भएको विशाल राज्यलाई सत्ता लिप्सा र आपसी झगडाले गर्दा मुलुको भू–भागलाई गुमाउँदै गुमाउँदै पूर्वमा मेची नदी र पश्चिम महाकाली नदीसम्म अर्थात १४७१८१ वर्ग किमी क्षेत्रमा सीमित हुन पुग्यो । यही क्रम चलिरहने हो भने भोलिका दिनसम्म राष्ट्र रहने या नरहने प्रश्न गम्भीर रुपले हाम्रो सामु तेस्रिएको छ ।

  • संसारमा राजनीतिक व्यवस्थाहरु परिवर्तन भइरहन्छन् । इतिहासका हरेक पानाहरुमा यिनै परिवर्तनका तस्वीरहरु हुन् । विभिन्न कालमा विभिन्न आवश्यकताहरुले महत्व राख्दा राजनीतिक परिवर्तन हुनु स्वभाविकै हो । यसमा दुईमत छैन । तर राजनीतिक परिवर्तनसँगै त्यस देशमा विद्यमान, धर्म, संस्कृति, भाषा भेषभूषा परम्परालाइ संस्थागत गर्दै अगाडि बढ्न सकेमा परिवर्तित राजनीति स्थायित्व हुनेमा शंका छैन तर यदि मुलुकमा भएको राजनीति परिवर्तनसंगै आफ्नो पहिचान मेटाउने गरी अरुको सिको गर्नु खोजेमा फेद र टुप्पा पत्ता लगाउन नसक्ने गरी मुलुक विलाउन समय लाग्दैन ।

यो ध्रुव सत्य हो । सिद्ध भईसकेको छ । समाज विज्ञानका विज्ञहरुले भन्ने गर्दछन् ’यदि कुनै देशको नाम निशान मेटाउनु छ भने पहिला त्यो देशको धर्म संस्कृतिलाई नष्ट गरिदिनु पर्दछ ।‘ त्यस पछि आफै त्यो देश विलाएर जान्छ । त्यसलाई प्रत्यक्ष रुपले सैनिक हस्तक्षेप गर्नु पर्दैन । त्यसैले धर्म संस्कृति परम्परालाई मेटाउनु भन्नु आफू मासिनु हो । यो स्तम्भकारको भनाई परम्परा देखीको रुढीवादीलाई बचाइराख्ने भनेको होइन । श्राद्ध गर्दा विरालो छोपेर गर्नुपर्छ भन्न खोजेको होइन । विरालो छोप्नुको अर्थ बुझने प्रयास गर्नुपर्दछ । त्यसैले परम्परादेखि आएको संस्कारको अर्थ बुझेर त्यसलाई सुधार गर्दैै समयानुकूल परिमार्जित गर्न सकेमा त्यो दीर्घायु हुनसक्छ । त्यसैले राजनीतिक परिवर्तन संगसंगै त्यस देशमा बसोबास गर्ने समग्र जात–जातिहरुको पहिचान र अस्तित्वलाई जगेर्णा गर्दै आर्थिक, सामाजिक, शैक्षिक राजनीतिक विकासको सुनिश्चिता गर्नुपर्दछ । विभिन्न जाति, विभिन्न भाषा, विभिन्न धर्म संस्कृति भएतापनि राष्ट्रिय पहिचानको विषयमा गोलबन्द भई विश्व सामु राष्ट्रियताको परिचय दिनु नै बुद्धिमानी ठहर्छ ।

त्यसैले राष्ट्रिय अस्तित्वका विषयमा झगडा नगरी एकताबद्ध रुपले अगाडि बढ्न सकेमा परिवर्तित राजनीतिलाई संस्थागत गर्दै स्थायित्व गर्न सकिन्छ । यसरी अगाडि बढेका विश्वका मुलुकहरुको इतिहास हेर्दा प्रमाणित भइसकेको छ । इतिहासले हरेक घटनाहरुलाई आगामी पुस्ताको लागि ऐनाको काम गर्दछ । विश्वका कयौं मुलुकहरु राजनीतिक सत्ता लिप्साका कारण र नेतृत्व वर्गको दूरदृष्टिका कारण हराउने र बिलाउने गरेका छन् । उदाहरणको लागि हाम्रो छिमेकी मुलुक सिक्किम नेताहरुको दूरदृष्टिको अभाव र सत्ता मोहले गर्दा आज विश्वमान चित्रमा इतिहासमात्र सीमित रह्यो । नेताहरुको सानो गल्तीले कयौं दुःख गरी सिर्जिएको मुलुक सिक्किम आज छैन । त्यसैगरी ठूला ठूला युद्धले निर्माण भएका देशहरु षडयन्त्र मुलुक चालबाजीबाट समाप्त भएको इतिहास सा“क्षी छ । त्यसैले हाम्रो मुलुकका राजनीतिक नेताहरुको सत्ता लिप्साकै कारण प्रत्यक्ष अप्रत्यक्ष रुपले शक्ति महाशक्ति राष्ट्रहरुको क्रिडास्थल बन्न पुगेको छ । नेपालका पाच पूर्व प्रधानन्त्रीहरुले एक बिज्ञप्ती जारी गरि नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तीको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुनसक्ने शंका गरेका छन् । बिज्ञप्तीमा नेपालको आन्तरिक समस्या नेपालीले आफै गर्नु पर्दछ ।

हो नेपालको आन्तरिक समस्या नेपालीले आफै गर्नु पर्दछ यस्तै बुद्धि पहिले आईदिको भए अहिले मुलुक समृद्धिशालि भैइसक्थ्यो । यो भावना कति छ तर निश्चित उद्देश्य र आफनो स्वार्थको लागि सधै बिदेशिलाई गुहार्ने । बिदेशमा बसेर आफ्नो देश माथि धावा बोल्ने, आन्दोलनको आधिबेहरि ल्याउने भौतिक सम्पदा नस्ट गर्ने, देशका अमुल्य सम्पदा, निधिलाई बिदेशीको ईशारामा आमुल परिवर्तनको बाहानामा सिध्याउने दिल्लीमा गएर बाह्र बुदे दिल्ली संझौता गर्ने जस्ता राष्ट्रघाति गर्नेहरुले सत्ता पाउँदा सम्म बाह्य हस्तक्षेप नदेख्ने जब सत्ता बाहिर हुँदा प्रत्यक्ष अप्रत्यक्ष बाह्य हस्तक्षेप हुन सक्ने शंका गरेर राष्ट्रबादि बन्न खोजेका हुन या सुध्रेका हुन । यसतर्फ गम्भिर हुन जरुरी छ । सत्ता टिकाउनको लागी राष्ट्रको पहिचान मेटाउनै गरी अगाडि बढिरहेको देख्दा भोलि मुख्यमन्त्री नबन्लान् भन्न सकिदैन ।

त्यसैले समयमै बुद्धि नपु¥याउने हो भने हाम्रो राष्ट्रको भविष्य सुनिश्चित देखिदैन । सानो सुन्दर हिमाली मुलुक सिक्किमका जनतालाई के थाहा नेताहरुले देश बेच्लान भनेर उनिहरु सधै आफ्ना नेताहरुको बिश्वास र भरोसामा परेको कारण अहिले मुलुक ईतिहासमा सिमित हुन पुग्यो तसर्थ नेपाली जनताहरु पनि आफ्ना नेताहरुको क्रियाकलाप, जीवनशैलीको बारेमा अध्ययन गरौ त्यसपछि मात्र बिश्वास गरौ पछि पछुताउनु भन्दा अहिलै नेताहरुलाई सचेत गरौऔ र सचेत हौं । सवैभन्दा ठुलो राष्ट्र हो राष्ट्र रहे व्यबस्था समय अनुसार ल्याउन सकिन्छ । राष्ट्र नरहे ब्यबस्था ल्याउन सकिदैन् तसर्थ राष्ट्रको अस्तीत्व रक्षाकोलागि सवै गोलबन्द हौं ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved