काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्वास्थ्य मापदण्ड पालना गर्दै पार्टीको महाधिवेशनमा जुट्न आग्रह गर्नुभएको छ । उहाँले सोमबार सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभा संसदको निर्वाचनबारे सर्वोच्च अदालतको फैसलामा भर पर्ने भएपनि आगामी फागुन र चैतसम्ममा स्थानीय तहको चुनाव हुने निश्चित रहेको दाबी समेत गर्नुभएको छ ।
राप्रपा पार्टीको हालकै गतिहिनता कै अवस्थामा चुनावमा जाँदा परिणाम निराशाजनक हुनसक्ने र त्यसले पार्टीको भविष्यलाई प्रभावित पार्ने चिन्ता अध्यक्ष थापाले व्यक्त गर्नुभएको छ । राप्रपामा कायम गतिहिनता अन्त गर्न महाधिवेशन अनिवार्य रहेको र महाधिवेशनले नयाँ नेतृत्व छनौट र नयाँ कार्यदिशा तयार गर्ने धारणा अध्यक्ष थापाले राख्नुभएको छ ।
म नै नेतृत्वमा आउनु पर्छ भन्ने जरूरी छैन, पार्टी कार्यकर्ताहरूको विश्वास जितेर नयाँ, पुराना र युवा जो आए पनि त्यसले पार्टीलाई गतिशील र बलियो बनाउँछ, जनताले राप्रपा खोजिरहेका छन् । उहाँले सामाजिक सञ्जालमार्फत यी धारणा राख्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved