काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने

  • असार १५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएका छन्। गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै उपत्यकाका ३ जना प्रमुख जिल्ला अधिकारीको बैठकले सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा लागू गर्ने र खाद्यान्न पसल दिनभर सञ्चालन गर्ने निर्णय गरेको हो।

काठमाडौं उपत्यकामा अब २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यात्रु बाहक सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्न पाइने छ। सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र चलाउन पाइने छ भने खाद्यान्न ढुवानी गर्ने सवारी साधन बिहान ९ देखि ११ बजेसम्म र ४ बजे देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । सार्वजनिक गाडी चलाउँदा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ । सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नु पर्ने छ।

काठमाडौंमा गाडी खुले पनि बाहिरबाट आउने निजी तथा भाडाका गाडीलाई उपत्यका प्रवेशमा रोक लगाइएको छ। बिरामी तथा अत्यावश्यक काम परेकाहरु पास लिएर मात्र काठमाडौं आउन पाउने प्रशासनको आदेशमा उल्लेख छ।

सबै खाद्यान्न पसल, खेलकुद सामग्री, स्टेशनरी, पुस्तक पसल साँझ ६ बजेसम्म संचालन गर्न पाइने छ। डिपार्टमेन्ट स्टोर, सपिङ्ग मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, गिफ्ट आइटम, सुन पसल, भाँडा तथा विद्युतीय घरायसी सामग्री, इलेक्ट्रोनिक, हार्डवेयर पसल बिहान ११ बजे देखि बेलुकी ६ बजे सम्म खुल्ने छन्।

अत्यावश्यक वस्तुको अनलाइन अर्डर तथा रेष्टुरेण्टले टेक अवे सेवा ७ बजेसम्म सञ्चालन गर्न पाइने छ। निजी सवारी साधनमा बढीमा चारजना, ट्याक्सीको हकमा बढीमा तीनजना र मोटरसाइकल, स्कुटरमा जोर बिजोर प्रणाली कायमै राखिएको छ। उद्योग तथा कलकारखाना र सार्वजनिक तथा निजी निर्माण कार्य गर्न पाइने छ ।।

निषेधाज्ञा खुकुलो भए पनि प्रशासनले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनारमा बन्देज कायमै राखेको छ। सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय,लगायत भिडभाड हुने क्षेत्र बन्द नै रहनेछन्। यस्तै सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर पनि गर्न पाइने छैन।

विवाह, व्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्य होटल तथा पार्टी प्यालेसमा गर्न पाइनेछैन। विद्यालय, कलेज, ट्यूसन सेन्टरले भौतिक उपस्थितिमा पठन पाठन गर्न पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

आजदेखि सरकारी कार्या ...

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved