काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको जन्मदिनको औपचारिक कार्यक्रम नमनाउने हुनुभएको छ । बुधबार शाहले एक सन्देश जारी गर्दै जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रुपमा नमनाउने उल्लेख गर्नु भएको होे ।
पूर्वराजा शाहले एक सन्देश जारी गर्दै मुलुकमा बिद्यमान स्वस्थ्य संकटलाई मध्यनजर गर्दै यस वर्ष जन्मोत्सव नमाउने बताउनु भएको छ । सन्देश मार्फत उहाँले मुलुकमा राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्यौलको अवस्थामा देखा परेको बताउनु भएको छ ।
उहाँले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जतिनै रुपान्तरण गरे पनि जनताले ठोस सूख सूविधा नपाइरहेको अवगत गराउनु भएको छ । आफ्ना मुल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने राजनीतिक नेतृत्वका कारण यतिवेला नेपाली जनताको मन अशान्त रहेको उल्लेख गर्दै उहाँले कोरोनाको खोप उपचार पाउन नसकेकाहरुलाई चाडै खोप उपलब्ध गराउन पनि सरकार समक्ष आग्रह गर्नु भएको छ ।
यसै गरि देशमा वर्षादको यो समयमा प्राकृतिक विपद्को वेदना बढ्दै गइरहेको स्मरण गराउदै पूर्व राजा शाहले विपत व्यवस्थापनमा सम्बन्धित पक्षले ध्यानदिनुपर्ने बताउनुभएको छ ।
शाहको सन्देश जस्ताको तस्तै
पुर्व श्री छ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट
बक्सेको सन्देश
नेपाली दिदी बहिनी तथा दाजूभाइहरू,
आजको विश्व एकतर्फ नयां ज्ञान विज्ञान र अत्याधूनिक प्रविधिको विकासमा अघि बढी रहेको छ भने दूर्भाग्यवश हाम्रो जीवन र जगतलाई विविध प्रकारका नयां रो३ व्याधि र महामारीले सताई रहेको छ । यही क्रममा यसै वर्षको प्रारम्भिक चरणमा हामी पनि अस्वस्थ रह्यौं । सहयोगी स्वास्थ्यकर्मीहरुको कर्तव्यपुर्वक उपचार, शूभेच्छूकहरूको शूभकामना र याचनाकै कारण हाम्रो स्वास्थ्यमा सूधार आएको छ ।
राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्यौलको अवस्थामा देखा परेको छ । परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जतिनै रुपान्तरण गरे पनि जनताले ठोस सूख सूविधा नपाइरहेको बूझिएको छ । आफ्ना मुल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ । कोरोनाको खोप उपचार पाउन नसकेका कतिपय नेपाली निराश छन् । यसै गरि देशमा वर्षादको यो समय प्राकृतिक विपद्को वेदना पनि उत्तिकै छ -जनजीवन दूस्खद् छ ।
जनतामा पैदा भएको निराशा तथा भोग्नू परेको पिडालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवकारुपमा नमनाउने निर्णय गरेका छौं । सबै नेपाली र देशी विदेशी शूभचिन्तकहरुबाट प्रकट हूने सद्भाव तथा शूभकामनाप्रति हाम्रो हार्दिक धन्यवाद छ ।
श्री पशूपतिनाथले हामी सबैको कल्याण गरून् ।
जय नेपाल
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved