तालिबान बिद्रोहीसँगको भिडन्तपछि अफगानिस्तानका १ हजार बढि सैनिक बिस्तापित

पछिल्ला महिनाहरुमा अफगानिस्तानमा हिंसात्मक गतिविधिहरु बढ्दै ,तालिबानले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रहरु बिस्तार गर्दै

  • असार २२, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । तालिबान बिद्रोहीसँगको भिडन्तपछि अफगानिस्तानका एक हजार भन्दा बढि सैनिक छिमेकी देश ताजकिस्तानमा बिस्तापित भएका छन् ।

सीमा क्षेत्रमा भएको भिडन्तको क्रममा सैनिकहरु ताजकिस्तान गएको अधिकारीहरुले जानकारी दिएका हुन् । आफ्नो ज्यान जोगाउनका लागि बाध्य भएर अफगान सैनिकहरु आफ्नो देश प्रवेश गरेको सीमा सुरक्षाका लागि खटिएका ताजकिस्तानको सुरक्षा बलले जनाएको छ ।

पछिल्ला महिनाहरुमा अफगानिस्तानमा हिंसात्मक गतिविधिहरु बढ्दै गएका छन् । तालिबानले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रहरु बिस्तार गर्दै लगेको छ । विशेष गरि देशको उत्तरी क्षेत्रमा पछिल्ला हप्ताहरुमा तालिबान बिद्रोही बलियो देखिएको छ ।

अमेरिका, बेलायतसहित नेटो सैनिकहरुले अफगानिस्तान छोड्न थालेसँगै तालिबानको गतिविधि सघन बनेको हो । २० वर्षको युद्धपछि अमेरिका तथा नेटो सैनिकको अन्तिम समूह फिर्ता हुने क्रममा छ । आउँदो सेप्टेम्बर ११ सम्म अमेरिकी सैनिकको फिर्ती प्रक्रिया पूरा हुने छ ।

विदेशी सैनिक फिर्ता भएसँगै अफगानिस्तानमा पुनः हिंसाको अवस्था आउने भन्दै चासो र चिन्ता व्यक्त भइरहेका बेला तालिबानबाट ज्यान जोगाउन अफगान सैनिक छिमेकी देशको शरणमा पुगेका हुन् । यसैबिच सबै विदेशी सैनिकले आउँदो सेप्टेम्बरसम्म अफगानिस्तान नछोडेमा गम्भीर परिणामको सामना गर्नु पर्ने चेतावनी तालिबानले दिएको छ ।

काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा कूटनीतिक मिसनको सुरक्षाका लागि एकहजार सैनिक रहने खबर आएपछि तालिबानको यस्तो चेतावनी आएको हो । काबुलमा रहने सैनिकमा अधिकांश रुपमा अमेरिकी हुने छन् ।

विदेशी सैनिकको साथ पाउँदै आएको अफगान सेनाले अब देशको सुरक्षाको जिम्मा एक्लै सम्हाल्ने तयारी गरिरहेको छ । तर यसले अफगानिस्तानको शान्ति सुरक्षालाई लिएर चासो भने बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved