आफूले गरेका गल्तिको आत्मग्लानी गर्दैछन् प्रचण्ड बाबुरामहरु

  • असार २२, २०७८
  • कालापानी मिडिया
alt

सन्तोष राजावादी ।
भारत र चीन आफूहरु सुरक्षित रहनको लागि नेपालमा राजसंस्था पुनः स्थापना गरेर राजालाई राजगद्दिमा राख्न चाहन्छन।
चिन र भारतलाई नेपालमा राजा चाहिएको छ तर, हाम्रा रास्ट्रघाति देशद्रोही नेता र तिनका पछि लाग्ने कार्यक्रताहरुलाई मात्रै एमसिसि चाहिएको छ। हाम्रो देशका विशेष गरि शीर्ष नेता भनाउदाहरुलाई न नेपाल देश चाहिएको छ न त नेपाली जनता नै । दिन दुखी,असाहाय बिपन्न बर्ग जनताहरुलाई साथ दिने सहयोग गर्ने नेता हिजो कोहि थिए होला आज एकजना पनि छैन। यी नेताहरुलाई भूकम्प गयो मतलब छैन, नाकाबन्दी भयो मतलब छैन, यत्रो कोरोनाको महामारी आयो केही मतलब पिर चिन्ता छैन। जनतालाई अझ बढी डर त्रास देखाएर मारे।

अहिले बर्षाको समयमा यत्रो बाढि पहिरो गएको छ केही मतलब छैन । त्यस्तै तराइको विभिन्न ठाँउ डुबानमा छ केही पिर चिन्ता छैन एकाथरी के कसरी आफ्नो सत्ता टिकाउने लम्ब्याउने मात्र सोच छन भने अर्को थरिको सोच चाहिँ कसरी संसद पुनःस्थापना गरेर सरकार हड्प्ने दाउमा छन।यिनिहरुलाई आफ्नो आफन्तको बारेमा बाहेक देश र जनताको बारेमा सोच्ने फुर्सद कदापी छैन।यिनिहरु आर्यघाटमा पुग्दा पनि सत्ता सत्ता नै भनिराख्छन होला।दुखको कुरा यिनिहरुले राजनिती गरिकन जिन्दगिमा पद पैसा पावरको पछि लाग्ने काम बाहेक केही गरेनन।मरेर जलाउदा पैसाले त पक्कै जलाउन नलगाउलान।

देश र जनताको हक हित भलाई चाहने देश र जनतालाई अध्यधिक माया गर्ने एउटा राजाको वंश नै नाश गरे अर्को राजालाइ राजगद्दी बाट निकाले।राजाहरु निरकुंश हुन्छन राजा महाराजाहरुको स्विस बैंकमा अरोबौ खरबौ डलर सम्पती छ सोखहिन हुन्छन भनेर भ्रम छरे अहिले नारायणहिटि दरबारलाई सङ्घ्रालय बनाएपछी राजा कस्तोमा सुत्थे कस्तोमा बस्थे सब छर्लङ्ग बुझे थाहा पाए,नेपाल सरकारलाई ब्यापार ब्यबसाय गरेर सबैभन्दा बढी कर तिर्न तिनै राजा ज्ञानेन्द्र हुन अहिले आम जनताले बुझेर देशको कुना काप्चा देखि शहर बजारको हरेक ठाँउमा राजा लेराऔ देश बचाऔ, मेची महाकाली हल्ला छ राजा लेराउने सल्लाह छ, नारायणहिटि खालि गर हाम्रा राजा आउदैछन जस्ता आवाज उठाइराखेका छन्।

दरबार हत्याकाण्ड राजा बिरेन्द्र सरकारको वंशनाश गर्ने राजा ज्ञानेद्र सरकार नै हुन भनेर आरोप लगाउने बाबुराम राजसंस्था पाका लगाउने बेला सांस्कृतिक राजाको प्रस्ताव पनि उनैले गरेका थिए । अहिले आएर दरबार हत्याकाण्डको उचित छनमिन गरौ त्यो बेला म भ्रममा रहेछु भन्न थालेका छन् । त्यस्तै ५० औँ हजार सोझा(साझा नेपाली जनता मारेर गणतन्त्र भित्र्याउन सफल आफूलाई रास्ट्र निर्माता पृथ्वीनारायण शाह भन्दा पछिको नायक ठान्ने प्रचण्ड यतिबेला चिच्याउदै भन्दैछन राजा हुँदा मान थियो शान थियो अहिले त केही पनि छैन। उहाहरुले राम्रोसंग बुझेको हुनुपर्छ अब यो देशमा राजसंस्था फर्किदैछ राजा ज्ञानेन्द्र राजगद्दीमा बस्दैछन । त्यो पनि छचाडै नै ।

राजा ज्ञानेन्द्रले त राजगद्दी छोडेर सुख पाएका थिए । कुनै अपराध गरेका थिएनन यदि कुनै अपराध गरेका थिए भने आज राजा ज्ञानेन्द्र कि त जेलमा हुन्थे कि त देश नै निकाला हुन्थे। उहाहरुलाई राम्रो संग थाहा छकि, हामीले त राजा ज्ञानेन्द्रले जसरी राजगद्दी छोडेर चुपचाप बसे त्यसरी कुर्सी पद छोडेर सुख पाउदैनौ । अबस्य सजाय भोग्नुपर्छ भनेर बुझिसकेका छन् । आफूले गरेका गल्तिको आत्मग्लानी पश्चाताप हुदैछ उनिहरुलाई । त्यसैले त राजाको गुनगान गाउन थाल्दैछन।

कतिपय नेताहरुले पैसाको लोभमा भन्दैछन कुनैपनि हालतमा एमसिसि पास गर्नुपर्छ । म भन्छु, तिमीहरुलाई पैसा नै चाहिएको भए एनसिएल को कर उठाएर खाउ, ठुला(ठुला उद्योगपती व्पारिहरुले कर छली व्पार व्यवसाय गर्दैछन् उनिहरु संगै कर उठाएर खाउ । तर रास्ट्रघाती एमसिसि पास गराउने काम त के कुरा पनि गर्दै नगर।आज तिमिहरुले भित्र्याउन खोजेको एमसिसिको कारणले चीन भारत त्रसित छन । हुनपनि पश्चिमा मुलुकले नेपाल कब्जा गरेमा हामिलाई बाकी राख्दैन । न नेपाल रहन्छ न त नेपाली नै । त्यस्तै हामिहरुलाई पनि ठुलो समस्या पर्छ । हामि बिश्वमा शक्तिशाली देशको रुपमा उदाउदै, अर्थतन्त्रमा बलियो बन्दैछौ ।

यो पश्चिमा मुलुकहरुलाई सह्य भएको छैन उनिहरुले नेपाल कब्जा गरेर आणबिक भट्टिको स्टोर गरेर हामीलाई तहस नहस पार्छ भन्ने ठुलो पिर चिन्ता तनाब छ। त्यसैले हामी हाम्रो देश जोगाउन साथै छिमेकी मुलुक जोगाउन नेपालमा देशको मालिक राजालाई राजगद्दीमा बसाल्नुपर्छ भन्नेमा छौ । त्यस्तै भारत पश्चिमा मुलुकले नेपाल सकेमा, कब्जा गरेमा हामिलाई पनि बाकी राख्दैन बाच्छो खानेले पाँडो पनि बाँकी राख्दैन भन्नेमा छ । यसले हाम्रो धर्म संस्कृति सखाप पार्छ। भारत संग नेपालका नागरिकले व्यापार व्यवसाय गर्छन । त्यस्तै नेपालमा चाहिने सबै सर सामान भारतबाट आउँछ । त्यसैलेपनि आफ्नो अर्थतन्त्र डामाडोल हुन्छ कि भन्ने त्रास भारतलाई पनि नभएको होइन।

त्यसैले अब नेपालमा देशद्रोही नेताहरुलाई पाखा लगाउनकैलागि र देशको रक्षा गर्नकालागि राजसंस्था पुनःस्थापना गर्न ढिला गर्नु हुन्न । राजसंस्था भएमात्रै नेपाल सिङ्गो मुलुक रहन्छ, देश बच्छ र हामि पनी गर्भका साथ नेपाली हौ भन्दै सुरक्षित रहन सक्छौ । अन्याथा, नेपाल त रहन्न नै । हामिहरुलाई पनि ठुलो समस्या पर्छ भन्ने चिन तथा भारतको चिन्ता छ । भारत र चिन यतिवेला नेपालमा राजसंस्था पुनःस्थापना चाहन्छन। तर नेपालका ठूला दल तथा नेतृत्व पंक्तिमा भने यो चेतना कहिले आउँछ सोचनिय छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved