काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ७५ औं वर्षमा प्रवेश गर्नुभएको छ । वि.सं. २००४ असार २३ गते राजा महेन्द्र र रानी इन्द्र राज्यलक्ष्मीको कोखबाट माइला छोराको रुपमा पुरानो नारायणहिटी राजदरबारमा शाहको जन्म भएको थियो ।
शाह दुईपटक नेपालको राजा भइसक्नु भएको छ। २००७ मा उहाँका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकले उहाँलाई राजा बनाएका थिए।
यस्तै राजा वीरेन्द्रको वंश विनाशपछि पनि उहाँ पुनः नेपालका राजा हुनुभयो । शाहले यसअघि आफ्नो जन्मोत्सव निर्मल निवासमा मनाउने गरेपनि कोरोना महामारीपछि रोकिएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved