काठमाण्डौं । संबैधानिक राजसंस्था र हिन्दु राज्यको वकालत गर्दे आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले समान बिचार धारा भएका समूह र ब्यक्तिसंग वार्ता गर्न समिति गठन गरेको छ ।
उक्त पार्टीको अध्यक्ष पशुपति शम्सेर राणा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाको उपस्थितिमा बुधबार बसेको केन्द्रीय बिशेष समितिको बैठकले वार्ता टोली गठन गरेको हो ।
नेता बुद्धिमान तामाङको संयोजकत्वमा गठित समितिका सदस्यमा नेताहरु जगत गौचन र ऋषिबाबु परियार सदस्य छन् । यस्तै बैठकले नेता उद्धव पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ भने बुद्धिजीवीसंग अन्तक्र्रिया गर्न भुवन पाठकको संयोकत्वमा प्रा.डा. जयन्दनाथ खनाल र प्रा.डा. यादव प्रसाद ढुंगाना सदस्य रहेको आयोजक समिति पनि बनाइएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved