काठमाडौं । अव मुलुकले प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति शेरवहादुर देउवालाई पाएको छ । ३ फागुन २०७४ मा गठन भएको ओली सरकार आजवाट बहिरिएको छ । तर, पछिल्लो ३ वर्षमा ओली सरकारले केही काम गरेन भन्ने आरोप प्रत्यारोप लगाइए पनि निकै उपलब्धिमुलक काम गरिएको देखिएको छ ।
समृद्ध नेपाल सुखी नेपालीको नारा साकार गर्ने भन्दै ओली सरकारले नेपालको विकासमा मत्वपूर्ण भूमिका खेल्ने गरि हिमाल पहाड र तराइलाई एक आपसमा जोड्न आधा दर्जन बढी ठाउँबाट सडक संजाल जोडेको छ । मेची महाकाली जोड्ने २ लेन महेन्द्र राजमार्गलाई चार लेनमा निर्माण गर्न युद्धस्तरमा कार्य थालनी ग¥यो । यस्तै भित्रि मधेस जेड्ने मदन भण्डारी राजमार्ग निर्माणको कार्यलाई उच्च प्राथमिकतामा रोखेर काम अगाडी बढायो । पहाडी र हिमाली क्षेत्रकालागि महत्वपूर्ण मानिएको मध्यपहाडी सडक र तराईको लाइफलाइन मानीएको हुलाकी मार्गले पनि गति लियो । पूर्व पश्चिम राजमार्ग, केरुङ काठमाडौं, रक्सौल काठमाडौ रेलमार्ग, काठमाडौं तराई द्रुतमार्ग निर्माणका कामले पनि ओली सरकारकै पालामा तिब्रता पाएको हो । ओली सरकारका पालामा बिभिन्न लोकमार्ग बनेका छन् । देशका अधिकांश बिकट ठाउँमा सडक संजालले छोएको छ ।
यता, नेपालका ५३ विमानस्थलमध्ये बाह्रै महिना सञ्चालन हुने विमानस्थलको संख्या २९ बाट ३६ मा पुगेको छ । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थालको स्तरोन्नती गरिएको छ । उता, भैरहवाको गौतमबुद्ध विमानस्थल संचालनको तयारीमा छ भने निजगढ विमानस्थल, पोखरा विमानस्थलको निर्माण कार्यले तिव्रता पाएको छ । यस्तै ओली सरकारले देशका दूर दराजका नागरिकलाई उज्यालो दिने कार्यक्रम अन्तर्गत बिद्युतिकरणकालागि महाकाली करिडोर, नेपालगन्ज करिडोर, भैरहवा करिडोर, ढल्केबर करिडोर र कोशी करिडोर लगायतका योजनालई तिब्रता दिएको हो । उता कृषिमार्फत जनताको जिवन स्तर उकास्नकालागि ओली सरकारले कोशी सिचाइ विस्तार आयोजना, बुढिगण्डकी तिनाउ र्डार्भसन, भेरी बबइ आयोजना, महाकाली आयोजना, सिक्टा सिचाइ आयोजना लगायतकोे कार्यमा तिब्रता दिएको छ ।
ओली सरकारले विकासनिर्माण, स्वास्थ्यक्षेत्र तथा अर्थतन्त्रको क्षेत्रमा धेरै काम गरेको छ । २ सय १२ अर्ब रुपैयाँ बराबरको जोखिम बेहोर्न सक्नेगरी कोरोनाले थिलथिलो बनाएको निजी क्षेत्रका लागि राहत उपलब्ध गराउन ४२ अर्ब रुपैयाँको पुनर्कर्जा कोषको व्यवस्था गरिनुलाई पनि उपलव्धि मान्नु पर्छ । अतिक्रमित भूभाग कालापानी र लिम्पियाधुरा क्षेत्रलाई नेपालको प्रशासनिक नक्सामा समाविष्ट गराइनु र चीन तथा भारतका नेताहरूको नेपाल भ्रमण पनि सरकारको ठूलो उपलब्धि हो । यता, चीनका राष्ट्रपतिको २३ वर्षपछि नेपाल भ्रमण, भारतका प्रधानमन्त्रीको एउटै कार्यकालमा चार पटक नेपाल भ्रमण तथा अन्य बैदेशिक कुटनितिज्ञहरुको नेपाल भ्रमण पनि ओल् िसरकारको सकारात्मक पक्ष हो ।
ओली सरकारकै पालामा संघियता कार्यान्वयनको जग वसाउन आवश्यक नीति नियम तर्जुमादेखि कर्मचारी व्यवस्थापनका कामहरु गर्न सरकार सफल भयो । यता, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बेरोजगार युवालाई रोजगारी दिलाउन सरकारले महत्वाकांक्षी कार्यक्रम, सरकारी र निजी क्षेत्रका श्रमिकलाई लक्षित गरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना, श्रमिकको न्यूनतम पारिश्रमिक ३९ प्रतिशत वृद्धि गरेर १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण ओली सरकारले गरेको हो । ज्येष्ठ नागरिककालागि १ लाखसम्मको स्वास्थ्य बिमा गर्न नियमावली तर्जुमा गरी नामावली संकलन सुरुदेखी भत्ता बढाएर जेष्ठ नागरिकको मन जित्न समेत सफल प्रधानमन्त्री ओली बन्नु भएको छ । मौलिक हकका कानुन निर्माण, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण,ऊर्जा बैकिङ लगायतका थुप्रै कामहरु ओली सरकारले गरेको छ ।
बर्षौ देखी मेलम्चीको सपना बोकेका उपत्यकावासीका धारामा मेलम्चीको पानी पुग्नुको श्रेयपनि ओली सरकारलाई नै जान्छ । एसिड आक्रमण गर्नेलाई आजीवन कारावासको निर्णय गरेको ओली सरकारले बलात्कारको मुद्दा मिलाउने विचौलियलाई पनि कानुनको कठ्घरामा ल्याउने व्यवस्था गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नयाँ नक्सा, सडकमार्ग सुधार,सुरूङ मार्ग सुरू मेलाम्चि,धरहरा,अपर तामाकोसी उद्घाटन,भ्याक्सिन उपलब्धता लगायतमा सम्झना योग्य कार्य नै छन् । ओली सरकारका पालामा भएका सकारात्मक पक्षलाई अब आउने सरकारले पनि निरन्तरता दिन आवश्यक छ ।
०००
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved