काठमाडौं। माधव नेपाल, प्रचण्ड, बाबुराम, उपेन्द्र र बिप्लव लगायतका बामपन्थी नेताहरु एक हुने भएका छन् । जसको नेतृत्व माधव नेपालले गर्ने सम्भावना रहेको नेकपा श्रोतले जनाएको छ ।
उक्त पार्टीको नेतृत्वमा माओवादी अध्यक्ष प्रचण्ड भने संरक्षक रहने सक्ने जनाइएको छ । यो सगै पार्टीका तर्फबाट प्रचण्डलाई प्रधानमन्त्री तथा राष्ट्रपतिको जिम्मेवारी दिन सकिने बताइएको छ । माधव नेपाल अध्यक्ष, जसपाका उपेन्द्र बाबुरामलाई उपाध्यक्षको जिम्मेवारी दिइने र विप्लवलाई पार्टीको महासचिव रहने गरि सेटिङ भएरहेको नेकपाका एक नेताले नाम नखुलाउने सर्तमा हाम्रो कालापानीलाई जानकारी दिए ।
यो संगै यतिवेला विप्लवले बामपन्थी नेताहरुको संगको भेटघाटलाई तिब्रता दिएका छन् । उनले बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । त्यसलगत्तै उनले बिहीबार बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटे ।
माधव नेपालसँगको भेट सँगसँगै प्रचण्ड फेरि माधव नेपाल कहाँ पुगे र फेरि सामूहिक कुराकानी गरियो। शुक्रबार बिहान विप्लवले जनता समाजवादी पार्टी जसपा नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटेका छन् । भेटका क्रममा विप्लवले कम्युनिष्ट घटकहरु एक हुनुपर्नेमा जोड दिदै आएका छन् । महासचिव विप्लव संगै स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोला पनि भेटघाटमा सहभागी भइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved