नेपालमा राजतन्त्र नहुदा गम्भीर समस्या देखियो

सत्य त स्वीकार गर्नै पर्छ। समृद्ध चाहने हो कि संघियता ?

  • श्रावण ३, २०७८
  • कालापानी मिडिया
alt

युबराज गौतम
दिनको पैतिस चालीस करोड अर्थात हरेक साल अर्बौं रुपैयाँ खर्च गरेर संघियता नामको दैत्य पाल्ने खर्चले लाखौ गाउँ सुन्दर समृद्व बन्नेछन। स्कुल,अस्पताल ,बाटो,खानेपानी रोजगारीलगायतका काममा खर्च गर्न सक्ने करोडौं रुपैयाँ बचाउने हो भने स्थानीयतह र संसद्विचमा फौबन्जार बनेर उभिएका सात प्रदेश हटाए हुन्छ।नेपाल जस्तो भौगोलिक स्थितिले सानो रास्ट्रमा तल्लो तहमा सातसय ५३ सरकार छदैछन। केन्द्रमा रास्ट्रबादी बलियो स्वच्छ ,साहासी,इमान्दार तथा जनपृय सरकार गठन भए पुग्छ। बिचमा बसेर प्रबचन दिने हजारौं पन्डितहरुले ध्वनि प्रदुषण मात्र गरिरहेका छन। सात सात वाटा मुख्यमन्त्री सयौ मन्त्री र सम्सद९ बिधाइक०हजारौं कर्मचारी आदि निरर्थक साबित भएका छन।

संघियताको प्राण बचाउन प्रान्त (प्रेदेश) चाहिने र प्रदेशमा ठुला बथानलाइ जनताको पसिनाले पाल्नु पर्ने के बाध्यता छ ? के जनताले संघियता नभए सामुहिक आत्माहत्या गर्छन ? भोलि संघियता खारिज भयोभने ठुला दलका नेतापनी प्रशन्न हुनेछन । किनभने त्यो उनिहरुको गुप्ताङको घाउ बनेको छ।त्यसको पिडाभोग्न बाध्य छन उनिहरु।तर संघिय बिश्वकप नै हो भन्ने भ्रममा परेका केही मुढाग्रही ,सठ र लाछिहरु घाउफाल्न तयार देखिदैनन।बरु गुम्ताङ्ग काटेर नालामा मिल्काउन तयार छन।संघियता फाल्दा पश्चिमाहरु रिसाउछन।हरेकसाल पस्चिमाहरुले सरकार ,आइएनजिओ आदिमार्फत दान दिने गरेको अर्बौं रुपैयाँ धारा बन्द हुन्छ।तेसैले जनतालाई नचाहिएको संघियता आठ-दस नेतालाइ चाहिएको हो।

कार्यपालिका ,न्यायपालिका ,ब्याबस्थापिका पेसागत संगठनहरु,मानवअधिकारबादी संघसंगठनदेखि लिएर धेरै ठाउमा बिदेशी हरुको ञएडझ एडस जस्तै फैलिएको पाइन्छ।यस्तो परिस्थिति रहेसम्म रास्ट्रबादको गित झम्झमी स्टकोट मात्र हो। स्वदेशी सीप,साधन ,श्रम ,उर्जा ,जागर र युवाशक्ती बाहिर पठाएर नेपाल लाई रोगी,भ्रष्ट ,अल्छी ,कर्तब्यच्युत,कुरौटे र पानीमरुवाहरुको संग्रालय बनाउने हो भने, बिदेशीदानले मात्र रास्ट्र बलियो हुदैन। सन १९४८ मा स्थापित इजरायलले प्रगती गर्नु को मुख्य आधार रास्ट्रबाद,स्वाभिमान कठोर मिहेनत शाहास नै हो। रास्ट्रप्रती समर्पण ,निस्ठा अठोट सत्कर्म सन्चित भयोभने राजनीतिक दलहरू बेगारपनी रास्ट्रनिर्माण हुन सक्छ। जात ,धर्म ,सम्प्रदाय र क्षेत्रको बिबादलाइ मलजल गर्ने हरुले आफु र गुटमात्र बलियो भएको देख्न चाहेका छन।

हरेक सभ्य सुसस्कृत र सबल रास्ट्रमा स्थाइ सक्तिको सम्मान गरिन्छ। नेपालीमा `स्थाइ शक्ति´ नहुदा गम्भीर समस्या देखिएको कुरा भारतीय लेखक ब्रहा चेलानि देखी चिनका प्राध्यापक हु सिसेङ्लगायत धेरैले बताएका छन।हालै प्रकाशित लेखमा राजनीतिक बिश्लेशक चेलानिले नेपाल स्थाइ शक्ति राजसस्था उन्मुलन गर्नु भारतको भुलभएको स्वीकार गरेका छन। जुलाई ६, २०१८ हिन्दुस्थान टाइम्स ब्रहा चेलानिले माओवादी लाई नेपाली राजनीति मा ल्याउने काम भारत ले गरेको स्वीकार गरेका छन।यस्तै संविधानका विरुद्ध तराईमा भारतले बिद्रोह गराएको समेत खुलासा गरेका छन।मनमन सिंहको भारती सरकारले आफ्नो स्वर्थका निम्ति नेपाल मा कम्न्युस्टहरुलाइ प्रयोग गरेको उनको आरोप छ।`परिवर्तन ´ कस्ले ल्याएको रहेछ भन्नेकुरा यसबाट स्पष्ट हुन्छ।

अलजजिरा टेलिभिजनमा दिएको अन्तरबार्तामा तत्कालीन भारतीय बिदेशमन्त्री प्रणब मुखर्जी ले नेपालका माओवादी लाई राजनीतिको मुल प्रबाहमा ल्याएको बताएका थिए। भारतमा माओवादी अतङ्कबादी र नेपालमा माओवादी लोकतन्त्रबादि देख्ने भारतको सस्थापन पक्षले नेपालको रास्ट्रीय सुरक्षा र परराष्ट्र को बागडोर दिल्लिले सम्मालन पाउनुपर्ने दबाब दिदै आए पनि राजाले त्यो स्विकरेनन। तेसपछी राजा बिरेन्द्रको हत्या भयो भने राजा ज्ञानेन्द्रको गद्दिच्युत गरियो। दलहरुलाइ खरिद बिक्री गर्न सकिन्छ भन्ने परिक्षण महाकाली सन्धिमै भैसकेको थियो। त्यसैले भारतको स्वर्थमा हिड्न राजी भएर भुटानको राजतन्त्र सुरक्षाका साथ राखेपनी नेपालमा राजतन्त्र हटाइयो।

रास्ट्रहित विरुद्ध काम गरिरहेका आइएनजिओ र एनजिओ तहलगाउन नसक्ने ,असारको दोस्रो हप्तामा गोबर लिपेझै सडकमा अलकत्र छर्केर बजेट पचाउने,मन्त्री ले बजार अनुगमनका नाममा किसानका घिरौला छाम्दै हिड्ने,यत्र तत्र सर्बत्र लुटदेख्दा पनि गफ गरेर आफू प्रबल भएको भ्रम छर्नेजास्ता प्रवृत्ति ले जनता सरकारी प्रहसन हेर्न बाध्य छन । न सरकार गम्भीर देखिन्छ ,न प्रतिपक्षी ।रेफ्रीको भुमिकामा बस्नु पर्ने प्रेस जगत कति तटस्थ छ ,तपाई हामिले देखेकै कुरा हो।बिदेशी हस्ताक्षपबारे अधिकाङ्स संचार माध्यम खोजी गर्दैनन।हिटलरले भनेका थिए , कुटनितिको मृत्यु भएपछि युद्ध को जन्म हुन्छ। नेपालमा बिदेशी को हैकम नहोस भनेर पृथ्वीनारायण शाह ,राजा महेन्द्र ,बिरेन्द्रदेखि राजा ज्ञानेन्द्र सम्मले चिन्ता र चिन्तन गरेकै हुन । ०६/०६३ सालपछि स्थायी शक्ति रहेन । दश बर्षे प्रयोजित दन्द्व त नाटकको रिहर्सल मात्र थियो। त्यसपछि नेपाल लाई इराक,सुडान,अफगानिस्तान ,लेबनान,वा इथोपिया बनाउने प्रयत्न भै रहेको छ। पहलमान पनि झाडापखाला ले मर्छ भने झै राजा फ्याक्ने दलहरुले आफ्नै दलको लुतो ,खुजली र पिलो फ्याक्न सकिरहेको छैनन। जंगि निजामती प्रहरी लगायतका अंग हरुलाइ बिथोल्ने प्रयत्न भै रहेको छ। यी सबै चानचुने कुरा होइनन तर सरकार हिलो धुलो र सिंहदरबार भित्रकै झारपात सफा गर्न सकिरहेको छैन।कुटनिती प्रभावहिन भएको छ।

स्थाइ शक्ति नहुदा कुटनिती एक पक्षिय खलबलिएको अवस्था छ भनेर भेषबहादुर थापा,जयराज आचार्यलगायतका कुटनितीज्ञ हरुले स्विकारेका छन। असंलग्न परराष्ट्रनीति कति असंग्लङ्न छ भन्नेकुरा घाम जस्तै छर्लङ्ग छ। पैसा तिरेर वा दलको कार्यकर्ता बनेर राजदुत बन्न पाइने र सडकमा खाल्डाखुल्डी पुर्न स्थानिय सरकार वा प्रदेश सरकार होइन ,प्रधानमन्त्री कै आदेश चाहिने रास्ट्रमा कुटनिती संघियताले झुलको पोशक लगाएर लाज छोपेका छन। सरकार मिसाइलले झिगा मार्दै छ। द क्ल्यास अफ सिभिलाइजेसन एन्ड द रिमेकिङ द वल्ड अर्डर ग्रङ्थमा स्यामुअल पि.हन्डिङ्टनले घतलाग्दो कुरा लेखेकाछन। पस्चिमाहरुले बिचार उच्च राखेर विश्व जितेका होइनन। संगठित हिंसा मच्चाएर जितेका हुन। जुनकुरा गैर पस्चिमाहरुले गर्न सक्तैनन् ।

संगठित हिंसा फैलाउन संघियता चाहिन्छ। सुडान,नाइजेरिया ,इथोपिया,कंगो,बुरुणडी ,सोमालिया,सेन्ट्रल अफ्रीकन रिपब्लिक, इरान ,अफगानिस्तान ,लेबनान आदिमा पस्चिमाहरुले प्रयोग गरेका शस्त्र अस्त्र नेपालमा प्रयोग गरिरहेका छन। स्थायी शक्ति नहुदा भत्केको घरको झ्याल न ढोका जस्तो भयो कुटनिती र राजनीति ।

आज देखिएको चित्र पानीको भाडोमा देखिएको मान्छेको छाया (आकृती) जस्तै छ। हामि तेसलाइ दिब्यरुप भनिरहेका छौ। रास्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्झनामा पुस २७ गते दिएको सार्बजनिक बिदा समेत रद्द गर्नेहरुले स्थाइ शक्ति को ठाउँ लिन सक्तैनन् । दिल्लिमा गरिएको १२ बुदे आत्माघाती कदम रद्द गर्ने साहास नगरुन्जेल ठुला दलहरु बिदेशी शक्ति को चक्रब्युबाट बाहिर आउन सकिने देखिदैन। कटु बाहिरिए पनी सत्य यहि हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved