हामी कमल थापाको विरोधी होइनौं -सुजित केसी

आफू सक्रिय रहेकै अवस्थामा नयाँ नेतृत्वको विकास गर्नु र गराउनु सक्षम र दुरदर्शी नेताको महानता हुनेछ ।

  • श्रावण १२, २०७८
  • कालापानी मिडिया
alt

हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको मुद्दालाई मन मनमा स्थापित गर्न तत्कालीन राप्रपा नेपाल र हाल राप्रपाको अध्यक्ष कमल थापाको भूमिका अतुलनीय र अविस्मरणीय छ । यसका लागि उहाँ सधैं आदरणीय रहिरहनु हुनेछ । यो मुद्दालाई अघि बढाउन अब नयाँ नेतृत्वको आवश्यकता छ । आफू सक्रिय रहेकै अवस्थामा नयाँ नेतृत्वको विकास गर्नु र गराउनु सक्षम र दुरदर्शी नेताको महानता हुनेछ । नेताले जनताको र कार्यकर्ताको भावना अनुरुप बाटो छोडिदिदा नेताको कद झन् अग्लो हुनेछ । केही मान्छेलाई हामी अध्यक्ष थापाको विपक्षमा रहेको भन्ने भ्रम छ, त्यो कदापि सत्य होइन ।

नेपालको राष्ट्रवादी प्रजातान्त्रिक आन्दोलनमा कमल थापाको नाम र योगदानको कसैले अवमूल्यन गर्न सक्दैन । तर पार्टी टुटफुट, विभाजन, एकता जोगाउने र विभाजन रोक्ने प्रयासमा असफलता, कतिपय अवस्थामा लिइएका गलत निर्णय, पछिल्लो समयमा पार्टीको गतिहिनता, उचित व्यक्तिको उपयुक्त ठाउँ र जिम्मेवारी व्यवस्थापनमा कमजोरी र निषेध, सामान्य फरक मत राख्ने प्रति कुदृष्टिका कारणले जनतामा र कार्यकर्तामा नैराश्यता र नकारात्मकभाव पैदा भइरहेको यथार्थलाई नेताले बुझ्न सक्नुपर्दछ ।

बादसाह नाङ्गो भइसक्दा पनि आहा क्या सुहाएको छ भन्ने स्वार्थी पंक्तिबाट घेरिएर नेताले तिनका कुरा सुनेर आफ्नो स्थापित अग्लो उचाइलाई होचो बनाउनु हुदैन । परिस्थितिको सहि विश्लेषण गरि कार्यकर्ताको भावना अनुसार नयाँ पुस्तामा नेतृत्वको सहज हस्तान्तरण र स्वस्थ छनौटको विधिलाई आत्मसात गर्ने साहस नेतृत्वले देखाउन सके राप्रपालाई देशको अग्रणी शक्ति बनाउन सकिन्छ ।

राप्रपा एक्लैले बोकेको एजेन्डाको पक्षमा विवेकशील साझा पार्टी र अन्य राजनीतिक पक्षबाट समेत आवाज उठिरहेको छ, यो सकारात्मक छ । यस्तो परिस्थितिमा राप्रपाले अब पहिलो पुस्तासंग अभिभावकीय भूमिकाको अपेक्षा राखेको छ र नयाँ पुस्तासंग आशा र भरोसाको । पहिलो पुस्ता र नयाँ पुस्ताको संयोजनबाट पार्टीलाई राजनीतिको केन्द्रमा ल्याइनु पर्दछ, यो समयको माग हो ।

परिवर्तनको विज्ञानको नियमलाई नबुझ्ने, समयको प्रवाहलाई रोक्ने, जनभावना अनुरुप चल्न निरुत्साहित गर्ने, स्वार्थ र संकीर्ण घेरा बनाउन नेतृत्वलाई बाध्य पार्नेहरु अध्यक्षज्युको भाषाका भाइरसहरु हुन्, ती भाइरसबाट उम्केर अध्यक्षज्युले समयको माग र चाप अनुसार ऐतिहासिक र साहसिक निर्णय गर्नुहुनेछ भन्ने आशा र अपेक्षा हामी युवा कार्यकर्ताले राखेका छौं ।

केसी राप्रपा प्रचार विभागका पूर्व सदस्य सचिव तथा अधिवक्ता हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved