कर्णालीमा उकालो लाग्दै कोरोना संक्रमण दर

  • श्रावण २४, २०७८
  • कालापानी मिडिया
alt

सुर्खेत । कर्णाली प्रदेशमा साउन सुरु भएसँगै कोरोना भाइरस संक्रमण दरको ग्राफ दिनानुदिन उकालो लागेको छ। असारमा संक्रमण दर घट्ने र कोरोनामुक्त हुनेको संख्या बढेको थियो।

कोरोनाको मुख्य केन्द्र मानिएको सुर्खेतमा समेत संक्रमण दर कम हुन थालेको थियो। त्यो समयमा कोरोना रोकथाम तथा नियन्त्रण हुनुमा मुख्य गरी निषेधाज्ञाको परिणाम पनि भनेर आंकलन जनस्वास्थ्यविदहरुले गरे। र‚ स्थानीय प्रशासनले कोरोना संक्रमणका कमी आएसँगै निषेधाज्ञालाई खुकुलो पार्दै लगे।

निषेधाज्ञा खुकुलो भएसँगै सहर बजारमा मान्छेको आवतजावत ह्वात्तै बढ्यो। होटेल, रेस्टुराँ, तरकारी बजारदेखि बैँकहरु समेत धमाधम खुले। राजनीतिक दलहरुले आ-आफ्नो गतिविधिहरु समेत बढाए।

स्वास्थ्यमा मापदण्डको ख्याल नगरी भीडभाड र भेला तथा कार्यक्रम सञ्चालन हुन थालेपछि कोरोना संक्रमण दर पुनः उकालो लागेको छ।

संक्रमण दर उकालो लागे पनि प्रदेश राजधानी वीरेन्द्रनगरमा मान्छेको आवतजावत बाक्लिएको छ। उनीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको छैन। भीडभाड हुने स्थलहरु विशेषगरी बैँक, बसपार्क र अन्य सार्वजनिक स्थलहरुमा सामान्यतया मास्कको समेत प्रयोग भएको पाइँदैन।

बजारमा व्यापारीहरुले पनि मास्कको प्रयोग गरेको देखिँदैन।

सर्वसाधरण मात्र नभई सरकारी तथा गैरसरकारी निकायदेखि राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले कोरोनासँग हेलचक्राइँ र लापरबाही गरिरहेको सरोकारवालाहरुले बताउने गरेका छन्।

यता प्रशासनले विज्ञप्तिमार्फत जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिरहेका छन्। तर, कोरोनासँग नागरिकहरुले हेचक्राइँ र खेलौँची गरिरहेका छन्।

अझ, राजनीतिक दलहरुले अहिले गाउँगाउँमा गतिविधिहरु बढाएका छन्। सामान्यतया २०-२५ जना भन्दा बढी व्यक्ति जम्मा गर्न नपाइने भनिएको छ। ‘नियमको उल्घन धेरैजसो भएको छ भने सरकारी निकाय र राजनीतिक दलहरुबाट नै भएको छ,’ सामाजिक अभियान्ता राजेश हमाल भन्छन्, ‘सरकारी निकायबाट हुने अधिकांश कार्यक्रमहरु होटेलहरुमा हुने गरेका छन्। राजनीतिक दलहरुले कसरी जनतालाई आफ्नो पक्षमा पार्ने भनेर होडबाजी नै चलायर गाउँबस्तीमा भेला र कार्यक्रमहरु गर्ने गरिरहेका छन्।’

साउन १ गते प्रदेशभर ३५ जनामा मात्र कोरोना संक्रमण देखिएको थियो। यससँगै कुल संक्रमितको संख्या २९ हजार ३३३ जना थियो। साउन २१ मा यो संख्या ३० हजार ७८९ पुगेको छ। २३ दिनमा एक हजार ४५६ जना नयाँ संक्रमितहरु थपिएको स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिए। यो अवधिमा ११ जना संक्रमितको मृत्यु भइसकेको छ।

यस्तै‚ साउन १२ मा सक्रिय संक्रमितको संख्या ६२६ थियो। अहिले ८४६ पुगेको छ। यो तथ्यांकले कर्णालीमा पुनः कोरोना संक्रमण दर बढेको देखाएको छ।

निर्देशक खड्का कोरोना संक्रमण पुनः बढ्नुमा जनस्वास्थ्यमा मापदण्डको चरम लापरबाही भएको बताउँछन्। ‘असार महिनामा प्रदेशमा संक्रमितको दर शून्यमा झर्नै लागेको थियो,’ उनले भने, ‘हिजोआज निकै बढेको देखिन्छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

आजदेखि सरकारी कार्या ...

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved