काठमाडौं/ आज (शनिबार) देखि हङकङमा मास्क लगाउन नपाइने भएको छ । मास्क लगाएर मुख लुकाउनेलाई जरिवानासहित जेल सजाय हुन्छ ।
अक्टोबर ४ को मध्यराति १२ बजेदेखि यो नियम लागू भएको हो । नियम उलंघन गर्नेलाई २५ हजार हङकङ डलर जरिवानाका साथै १ वर्षसम्म कैद हुन सक्नेछ ।
विवादास्पद सुपुर्दगी विधेयक फिर्ताका बाबजुत प्रदर्शनकारीहरुले हङकङमा तोडफोड जारी राखेका छन् । गत जुलाईदेखि भइरहेको तोडफोडमा संलग्नले मुख छोपेका कारण पहिचान कठीनाइ भएपछि हङकङले मास्क निषेधको नीति लिएको हो । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved