संघीय संसदका दुवै सदनको बैठक बस्दै

  • श्रावण २८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दैछन्।

दिउँसो एक बजे बस्ने प्रतिनिधिसभा बैठकमा स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले समय लिएर बोल्दै छन्। राज्यमन्त्री श्रेष्ठले कोरोना भाइरस संक्रमणको अहिलेको अवस्था र नियन्त्रणका लागि सरकारी प्रयासको बारेमा जानकारी गराउने तयारी भएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।
कोरोना भाइरसविरुद्ध अहिलेसम्म प्राप्त खोप, लगाइएको विवरण र थप खरिदका लागि भएका सम्झौताका विषयमा पनि उनले बताए।

यस्तै बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएको स्टान्डर्ड नाप र तौल पाँचौ शंशोधन विद्येयक २०७६ सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभा बैठक बिहान ११ बजे बस्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

आजदेखि सरकारी कार्या ...

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved