पार्टी कार्यालयमा कार्यकर्ताको अनसन, कांग्रेस केन्द्रीय समिति बैठक सभापतिको घरमा

  • श्रावण २८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सभापति शेरबहादुर देउवाको घरमै बस्ने भएको छ । सानेपामा सुविधासम्पन्न केन्द्रीय कार्यालय भए पनि बुढानिलकण्ठस्थित देउवा निवासमा बैठक बस्न लागेको हो ।

यसअघि प्रधानमन्त्री समेत रहेका सभापति देउवाले पार्टीका आन्तरिक बैठकहरु सरकारी निवास बालुवाटारमा नराख्ने निर्णय गरेका थिए । देउवाको सो निर्णयको प्रशंसा भएपनि पार्टीको केन्द्रीय समिति बैठक नै आफ्नो निवासमा गर्नुले सानेमा रहेको कांग्रेसको वीपी स्मृति भवन ओझेलमा परेको छ ।

सानेपामा विभिन्न जिल्लाका नेता कार्यकर्ता क्रियाशील सदस्यता सम्बन्धमा अनसन र धर्नामा रहेकोले बुढानिलकण्ठमा बैठक बस्नुपरेको सभापति निकट नेताहरु बताउँछन् । ‘सभापतिको इच्छा सानेपामै बैठक गर्ने थियो तर त्यहाँ आन्दोलन जारी रहेकोले तत्कालका लागि बुढानीलकण्ठमै बैठक बस्न लागेको हो । सुरक्षा प्रशासनको सुझावसमेत होला’, देउवानिकट एक नेताले भने ।

दुई बजेपछि बस्ने बैठकमा महाधिवेशन सार्ने विषयमा निर्णय हुने बताइएको छ । केन्द्रीय समिति बैठकअघि सहमति जुटाउन शीर्ष नेताहरु छलफलमा बस्नेछन् ।

महाधिवेशन सार्ने सहमति, देउवा भन्छन्-मंसिरमा, पौडेल भन्छन्-असोजमै

यसअघि हिजो बेलुका भदौमै महाधिवेशन सम्भव नभएको निष्कर्षसहित महाधिवेशन सार्न शीर्ष नेताहरु सहमति भएका छन् । सभापति देउवाले कोजाग्रत पूर्णिमा लगत्तै वडा अधिवेशन सुरु गरेर मंसिरमा महाधिवेशन गर्न प्रस्ताव गरेको छ ।

पौडेल पक्षले भने संवैधानिक अवरोध हुनसक्ने भएकोले भदौ २३ भित्रै तल्लो तहको अधिवेशन शुरु गरेर असोजमै महाधिवेशन सक्नुपर्ने अडान राख्दै आएको छ ।

आजको बैठकमा क्रियाशील सदस्यतालाई अन्तिम रुप दिने, निर्वाचन निर्देशिका जारी गर्ने लगायतका विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

आजदेखि सरकारी कार्या ...

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved