माधव नेपाल नेतृत्वको पार्टीको नाम नेकपा एमाले (समाजवादी), आयोगले नमाने विकल्प दिने,चुनाव चिह्न सूर्य नै !

  • भदौ २, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको छ ।

सो समूहले पार्टीको नाम, चुनाव चिह्नलगायतका विषय टुंगो लगाइसकेको छ । तर विकल्पमा छलफल भइरहेको एक नेताले जानकारी दिए । पार्टीको नाम नेकपा एमाले (समाजवादी), नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत)लगायतका नाममा छलफल भएको छ । तर नेकपा एमाले (समाजवादी) राख्ने करिब टुंगो लागेको सो पार्टीका नेताहरुले बताएका छन् ।

तर चुनाव चिह्न भने सूर्य नछाड्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पदमुक्त गरेका सांसद मेटमणि चौधरीले  भने, “पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न सूर्य नै हुनेछ ।”

सूर्य कसरी रु भन्ने प्रश्नमा उनको जवाफ थियो, “उदाउँदो सूर्य हुन सक्छ, अर्थात् कुनै पनि रुपको सूर्य हुन सक्छ । हामीले सूर्य छाड्दैनौँ ।”

उनीहरुले सबै तयारी पूरा गरेर बसेका छन् । राष्ट्रपतिबाट अध्यादेश जारी हुनासाथ निर्वाचन आयोगमा पुग्ने तयारी उनीहरुले गरेका छन् । नयाँ पार्टी गठनका लागि विधान र सांगठनिक संरचनाको तयारीमा बेदुराम भुसाल नेतृत्वको टोली खटिएको चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

आजदेखि सरकारी कार्या ...

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved