कर्णालीको विकासको ठेक्का लिएका राजनीतिक ठेकेदारहरुलाई धर्मकुमारीको आत्माले सराप्ने छ

  • भदौ ६, २०७८
  • कालापानी मिडिया
alt

अनुपमा जोशी 

स्वास्थ्य उपचारकालागि नेपालगंज जाँदै गर्दा बसको सिटमै देहत्याग गर्न पुगेकि रूकुम आठबिसकोट नगरपालिका-९ कि २८ बर्षिया धर्मकुमारी बटाला र उनको मृत शरीरको काखमा मस्त ३२ महिने दुधे बालक किरणको यो कहाली लाग्दो तस्वीर । यो तस्वीरले तपाइ हाम्रो मन त पक्कै रोइरहेको छ । तर, बिगत १०० बर्षदेखि परिवर्तनको नारा फलाक्ने अभिजात्यहरू, जनमुक्तिको नामबाटै बनेका नयाँ धनाढ्यहरू, सुखि सम्बृद्द नेपाल र नेपालीको नारा भट्टाउंदै देश लुट्न मस्त डोनरका एजेन्टहरू सम्म यो तस्वीर पुग्यो कि पुगेन होला ?

कागजमै योजना र कार्यन्वयन सम्पन्न भइसकेको प्रतिबेदन प्रस्तुत गरेर नथाक्ने सरकारी, गैह्र सरकारि विकासे बिज्ञहरू, विकासको विकेन्द्रिकरण र स्वशासित स्थानिय तहका बेरूजु बादशाहहरू, जताहिंड्यो उतै भेटिने सिंहदरवार आसिन तिन तहका सरकारहरू, बेलाबेलामा देशलाइ स्वर्ग बनाउंछु भन्दै सपना देखाउने चटके नव बुद्धिधारिहरू र नागरिकको स्वास्थ्य मौलिक मानवअधिकार भनेर नथाक्नेहरुलाई यो तस्विर देखेर लाज र आत्मग्लानि भयो कि भएन ?

जसले जति आत्मरति रटेपनि यो तस्वीरको ऐना एक पटक राम्रो संग हेर्दा सत्ता, सरकार , राजनीति, शुसासन, लोकतन्त्र, मानवअधिकार, गरिवि, अनुदान, रोजगारि, परियोजना अनि सयौ वर्षदेखिको प्राप्त परिणाम सबै प्रष्ट देखिन्छ । दुर्गम जिल्ला र बस्तिमा सर्बसुलभ उपचार, दक्ष चिकित्सक चाहियो भन्दै जीवन आहुति गर्न तम्सने डा. केसि लाइ सराप्ने माफिया, भ्रष्ट नाफा खोरहरूलाइ त यी र यस्ता घटना सामान्य लाग्लान किनकी तिनमा मानवता भन्ने चिज नै छैन । तिनले कहिलै कर्णाली, तथा दुर्गमका जनताको पिडा वुझ्ने प्रयत्न नै गरेर । बरु दुर्गममा दक्ष चिकित्सक पठाउने भन्दै सरकारी कोटामा स्वास्थ्य शिक्षा दिएर सरकारी रकमको दुरुपयोग गररेहेका छन् ।

तर, जो त्यहि दुर्गमबाट राजधानी सम्म आएर दुर्गमको नारा लगाएर राजनीति गरिरहेका छन् । तिन्ले त कम्तिमा प्रत्येक पालीकामा दक्ष डा. सहितको निशुल्क उपचार अस्पताल राख्नु पथ्र्यो । प्रत्येक जील्ला सदरमुकाममा बिज्ञ सहितको सुबिधा सम्पन्न सरकारि अस्पताल बनाउन पहल कहिले गर्ने ? देशमा प्रयाप्त सरकारि मेडिकल कलेज स्थापना कहिले गर्ने ? कहिलेसम्म निःशुल्क उपचार दिने भन्दै गफमात्रै छाटि रहने ? उपचारको क्रममा शहर र राजधानी जाँदा जाँदै अझै कति धर्म कुमारीहरूले बसमा, डोलिमा, डोकोमा ,हेलिकोप्टरमा, पिठ्यूमा अनि पैसा तिर्न नसकेर अस्पतालको गेटमा जिवन बलिदान दिनुपर्ने हो ?

यसरी पटक पटक धर्मकुमारीहरु उपचार नपाएर ज्यानको आहुति दिरहन्छन्, र लाजपचेका नेताहरुले त्यसको विकल्प खोज्नुकोसाटो श्रद्धान्जली दिरहन्छन् । गरिवको कोटामा आफ्नालाई कसरी पार्ने भन्नेमा ध्याने मात्रै होइन, त्यहि कोटोमा आफु हेलिकेप्टर चार्टर गरेर निरिक्षण गर्न पुग्छन् ।

हुनत, के गरिवी, के कर्णाली, के हुम्ला के जुम्ला जसको बोली बिक्छ, पहुँच छ यो देश उसकालागि स्वर्ग छ । एयर एम्बुलेंस सरकारि खर्च विदेशको सुबिधा सम्पन्न अस्पताल, जता जाँदापनि हेलिकोप्टरको सेवा सुविधा तर, गलत अर्थ नलागोस् पहुँचविहीन धर्मकुमारी बटालाहरुकालागि यो देश पुस्तौ देखि नर्क बनिरहेको यथार्थ हो ।

यदि धर्मकुमारीको परीवार धनी हुन्थ्यो भने एम्बुलेन्सको व्यवस्था गर्थे होलान । गाउँमै राम्रो अस्पताल भएको भए उनी अझै केही दिन बाच्थिन होला । त्यति मात्रै होइन, सडक मात्रैपनि पूर्ण कालोपत्रे भएको भए उनको श्रीमानको अनुहार हेरर मर्ने चाहना पुरा हुन्थ्यो होला । तर बिडम्वनाका साथ भन्नु पर्छ कर्णालीको विकासको ठेक्का लिएका राजनीतिक ठेकेदारहरुलाई धर्मकुमारीको आत्माले सराप्ने छ । उनका श्रीमान दलबहादुर, सात वर्षीय छोरी र ति ३२ महिने दुधे बालककको आसुले सराप्ने छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved