आमाको जन्मदिनमा वृद्धाश्रम पुगे डा.पाठक

  • भदौ ६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठक आइतबार दिउँसो परिवारको साथमा आफैले गाडी हाकेर बुढानिलकण्ठ नगरपालिका २ चपली भंगाल पुगे ।

239044933_361976062315210_7343431817681148274_n

स्व.मुमा उमादेवी पाठक ज्युको ८८औं जन्म जयन्तीको स्मृति दिवसमा उनले गाडीमा चाउँचाउँ, नुन, चिनी, तेल, दाल, विस्कुट, गेडागुडी लगायत खाध्य सामाग्री बोकेर तपस्थली बृद्धाश्रमका आमाहरुलाई भेट्न पुगेका हुन् ।

234611150_4378556565536443_971542335699222136_n

हरेक वर्ष आफ्नी आमाको जन्म दिनमा अनाथाश्रम तथा वृद्धाश्रम पुगेर सहयोग गर्दै आएका डा.पाठकले यसवर्ष भने आमाको स्मरण गर्दै विहानै ८८ वटा दिप प्रज्वलन संगै वृद्ध आमाहरुसंग सुख दुख साट्ने प्रयास गरेका हुन् ।

239888130_575919206765834_1191103628709698550_n

यसैगरी उनले आफ्ना हजुरबुवाको नामबाट संचालित पद्मराज पाठक स्मृति प्रतिष्ठानबाटपनि आमाको स्मृतिमा महिला आदर्श सेवा केन्द्र झापा मार्फत झापाका तिन जना महिलालाई तिन थान ठूलो सिलाई मेसिन प्रदान गरेका छन् । यसरी आमाको नामबाट गरिखाने महिला, गरिव, असहाय तथा बृद्धबृद्धाहरुलाई सहयोग गर्न पाउँदा आत्म सन्तुष्टि हुने गरेको उनि बताउँछन् ।

233625253_368792038022437_1407136283762838087_n

उनलाई यस पुण्य कार्यमा उनकी धर्म पत्नी इन्दु पाठकले पनि साथ दिदै आएकी छिन् । डा. पाठक आइतबार पनि आफ्नी धर्मपत्नी इन्दु पाठक, छोरी बन्दना पाठक र नातिनी साम्भवी भट्टराईसंगै बृद्धाश्रम पुगेका थिए । र उनको यो कार्यप्रति बृद्धाश्रमका आमाहरुपनि निकै हर्षित देखिन्थे ।

239200477_617813645867239_6651687300254888474_n 237315577_364186442097898_8931244164153779563_n

233760737_923706588185059_5136748288904113663_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

आजदेखि सरकारी कार्या ...

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved