काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रवक्ताको जिम्मेवारी पूर्वसभामुखसमेत रहेका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले पाएका छन् । पार्टीको पछिल्लो कार्यविभाजनानुसार महरालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
सभामुखबाट पदमुक्त भएपछि महराले पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाएका थिएनन् ।
तत्कालीन नेकपा भंग भएपछि माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किँदा प्रवक्ताको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका थिए । उनी हाल पार्टीको प्रवास कमिटी इन्चार्ज बनेका छन् । श्रेष्ठ नेकपाका पनि प्रवक्ता थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved