कांग्रेस जिल्ला सभापतिहरुसँग विवाद समाधान समितिका सदस्य रिजालले छलफल गर्दै

  • भदौ ९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । क्रियाशील सदस्यता सूची सार्वजनिकको माग गर्दै धर्नामा बसेका जिल्ला सभापतिहरुसँग क्रियाशील सदस्यता विवाद समाधान समितिले छलफल गर्दैछ । छलफल समिति सदस्य डा। मिनेन्द्र रिजालको निवासमा हुन लागेको हो ।

अहिले बिहान साढे नौ बजे क्रियाशील विवाद समाधान समितिसँग बैठक बस्न लागेको सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले जानकारी दिए । ‘हमीसँग छलफल गर्न पार्टीले नेता रिजाललाई खटाउनुभएको रहेछ’ उहाँले भन्नुभयो’ ‘क्रियाशील सदस्यता सार्वजनिक गर्ने सहमति भयो भने आन्दोलनका कार्यक्रम स्थगित हुन्छ ।’ सभापतिहरुले हिजोबाट पार्टी कार्यालयमा धर्ना सुरु गरेका छन् । उक्त धर्ना आज पनि जारी रहेको लामाले बताए ।

बैठकमा विवाद समाधान समितिका संयोजक कृष्ण सिटौंला, रमेश लेखक भने उपस्थिती नहुने लामाले जानकारी दिए। संस्थापनइतरका जिल्ला सभापतिहरु सबै छलफलमा उपस्थित हुनेछन् ।

संस्थापन इतर समूहका जिल्ला सभापतिहरुले ३ बुँदे माग राखेर मंगलबारबाट आन्दोलनमा होमिएका हुन् । उनीहरुले ‘क्रियाशील सदस्यता सूची सार्वजनिक गर्ने, सूचीमा भएका कमजोरी विधिसम्मत ढंगले टुंग्याउने र निर्वाचनका लागि सबैतिर समान व्यवस्था हुनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

आजदेखि सरकारी कार्या ...

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved