ओलीले प्रधानमन्त्री प्राप्तिका लागि ठगीधन्दा गरे-प्रचण्ड

बन्दुक समातेर होइन औजार समातेर समाजवादको नयाँ सेना बन्नुपर्छ

  • भदौ १२, २०७८
  • कालापानी मिडिया
alt

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले जाली तमसुक गरेर आफूमाथि ठगी गरेको आरोप लगाएका छन् । प्रचण्डले अध्यक्ष र प्रधानमन्त्री आधा–आधा हुने भनेर जाली तमसुकमा हस्ताक्षर गराएर आफूमाथि ओलीले ठगी गरेको टिप्पणी गरेका हुन् ।

वाइसियल नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलामा प्रचण्डले ओलीले जाली तमसुक गरेर प्रधानमन्त्री पद पड्काएपछि आफू हेरेको हे¥यै भएको दुःखेसो पोखे । उनले भने, ‘अध्यक्ष आलोपालो, प्रधानमन्त्री पनि पालो गर्ने भन्नेमा सही गरियो । त्यहाँभन्दा के चाहियो रु हामीले त जे भनेको त्यही हुन्छ भन्ने बुझियो । तर, त्यो पछि त खाली प्रधानमन्त्री प्राप्तिका लागि ठगीधन्दा रहेछ त्यो त । हामीले चाहिँ उनको ठगीधन्दा तमसुकमा सही गरेपछि त भयो भन्ठान्यौँ । तमसुक हेरेर बसियो, विचरा उनले त प्रधानमन्त्री पड्काए, लगेको लग्यै पारे ।’

प्रचण्डले ओलीसँग गठबन्धन गरेर के पायौँ रु भनेर आफूमाथि सत्तारुढ दलभित्रैबाट प्रश्न आउने गरेको गुनासो पनि गरे । उनले सत्तारुढ गठबन्धनलाई कमजोर बनाउने कसरत भइरहेको उल्लेख गर्दै त्यसका विरुद्ध सशक्त ढंगले लाग्न पनि पार्टीको युवा संगठन वाइसियलका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘प्रतिक्रियावादी शक्तिहरूले कुनै पनि रूपमा यो गठबन्धनलाई कमजोर पार्ने, यो परिवर्तनलाई उल्टयाउने र कहीँ न कहीँ पुरातनपन्थतिर मुलुकलाई फर्काउने कसरत गरिरहेका छन् । त्यसलाई रोक्नका लागि तपाईं युवाहरूप्रति पार्टीको ठूलो भरोसा छ ।’

प्रचण्डले युवाहरू नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गर्दै हरेक कमिटीमा उनीहरूको २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गराउने व्यवस्था पार्टीको विधानमा किटान गरिएको पनि स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

आजदेखि सरकारी कार्या ...

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved