कांग्रेस महाधिवेशन निर्धारित मितिमा महाधिवेशन हुने संभावना तिब्र

  • भदौ १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेलबीच सहमति भएसंगै निर्धारित मितिमा महाधिवेशन हुने संभावना तिब्र बनेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पक्षबीच हिजो निर्वाचन निर्देशिका संशोधन, क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक र उम्मेदवारहरुको मापदण्डलगायतका विषयमा सहमति भएको हो ।

यस्तै ६ हजार ७ सय ४३ वडामा एकै दिन अधिवेशन गर्ने सहमति पनि भएको छ । सहमतिलगत्तै पार्टी मूख्यालयमा केही दिन यता भईरहेको जिल्ला सभापतिहरुको रिले अनसन पनि हिजो रातीबाटै तोडिएको छ । यस्तै हिजो रातीसम्ममा ५३ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिसकिएको छ ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका बमोजिम हिजो थप पाँच जिल्लाको नामावली प्रकाशित गरेको हो । नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो ।

उहँका अनुसार क्रियाशील सूची सार्वजनिक भइसकेका जिल्लामा निर्वाचन अधिकृत पनि खटाइसकिएको छ । कांग्रेसले यही भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने बताएको छ । कांग्रेसलाई भदौ २३ भित्रै वडा अधिवेशन गर्नुपर्ने बाध्यता छ । त्यसपछि अधिवेशन सुरु गर्दा वैधानिकताको प्रश्न उठ्ने भएकोले कांग्रेसले भदौ १८ मै वडा अधिवेशन गर्न लागेको हो ।

कांग्रेसको केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ । कांग्रेसमा यसपटक ९ लाखभन्दा बढी क्रियाशील सदस्य छन् । क्रियाशील सदस्यको सूचीमा जिल्ला सभापतिकै नाम नभेटिएको गुनासो समेत आउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

आजदेखि सरकारी कार्या ...

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved