लुक्ला विमानस्थिलमा एक सातादेखि हवाई उडान ठप्प

  • भदौ १३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । निरन्तरको बर्षातका कारण सोलुखुम्बुको लुक्ला विमानस्थिलमा एक सातादेखि हवाई उडान ठप्प रहेको छ । निरन्तर झरीका कारण लुक्लामा बाक्लो कुहिरो लागेकाले कुनै पनि विमानले उडान भर्न सकेका छैनन् ।

उडान बन्द हुँदा लुक्ला सहित आसपासका क्षेत्रमा तरकारी, फलफूलका साथै मासु, अण्डा लगायत दैनिक उपभोग्य बस्तुको अभाव भएको छ । खाद्यान्नको मौज्दात पर्याप्त भएपनि अन्य उपभोग्य वस्तुको अभाव हुन थालेको हो ।

लुक्ला क्षेत्रमा तरकारी उत्पादन नहुने र सडक यातायातको पहुँच नपुगेकाले ताजा तरकारी, मासु, अण्डा, फलफुलका लागि हवाई सेवामै भर पर्नु पर्दछ ।

पर्यटकीय सिजन नभएपनि फाट्टफुट्ट पर्यटक पुगिरहेकाले उनीहरुलाई सेवा दिन समस्या हुन थालेको होटल व्यवसायीहरुले बताएका छन् । उडान नहुँदा करिब ३० जना भन्दा बढी यात्रु लुक्लामै रोकिएको नेपाल नागरिक उड्ययन कार्यालय लुक्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

आजदेखि सरकारी कार्या ...

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved