काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालबीच आइतबार बिहान सरकारी निवास बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीचको भेटमा मन्त्रीपरिषद् विस्तार सम्बन्धमा छलफल भएको जनाइएको छ ।
शीर्ष तीन नेताको बैठक सम्पन्न भएको नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिनुभएको छ । यसअघि नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टीको दल दर्ता लगायतको वैधानिक प्रक्रिया भए लगत्तै मन्त्रीपरिषद् विस्तारले पूर्णता पाउने सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले बताउदै आउनुभएको थियो ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस)ले निर्वाचन आयोगबाट दलको आधिकारिकता प्राप्त गरिसकेको छ । यसैगरी, जसपाबाट विभाजित महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजावदी पार्टी (लोसपा) ले पनि दलको आधिकारिकता प्राप्त गरिसकेको छ । यससँगै प्रधानमन्त्री देउवा सरकार मन्त्रीपरिषद् विस्तारलाई पूर्णता दिने जोडमा रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved