काठमाडौं । कोभिड-१९को महामारीका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लिखित र ट्रायल दुवै परीक्षा सञ्चालन हुने भएको छ । यातायात कार्यालय चाबहिलले आइतबार एक सूचना जारी गर्दै भदौ २० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन हुने जानकारी दिएको हो । रि-ट्रायल अर्थात् प्रयोगात्मक परीक्षामा फेल भएर फेरि दिनेहरूले पनि २० गतेदेखि नै दिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved