दार्चुलामा बाढी पहिरोको अप्डेट : एकको मृत्यु, दुई जना वेपत्ता

  • भदौ १४, २०७८
  • कालापानी मिडिया
alt

प्रकाश चन्द्र भट्ट, दार्चुला ।
लगातार भइरहेको वर्षाले दार्चुलाका विभिन्न ठाउँमा जनधनको क्षति गरेको छ । गयराती पहिरो खस्दा दुँहू गाउँपालिका–१ बास्पालीमा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

घरमाथिबाट खसेको पहिरोमा पुरिएर बास्पालीका ६५ वर्षीय नर सिंह महरको मृत्यु भएको तथा उनकी ६० वर्षीया श्रीमती कौशिला महर बेपत्ता रहेको स्थानीय राम सिंह महरले जानकारी दिए । यस्तै दुहुँ गाउँपालिका–५ सुत्खोलामा पनि पहिरोले घर पुर्दा ५० वर्षीय मनुवा डडाल बेपत्ता भएको सोमनाथ आधारभुत विद्यालयका शिक्षक मान सिंह डडालले जानकारी दिए । वेपत्ता डडालको खोजी भइरहेको जनाइएको छ । बाढी तथा पहिरोले दुहुँ गाउँपालिकाका आधा दर्जन घरहरु जोखिम रहेका छन् ।

बाढीले २ लघुजलविद्युत आयोजना, २ झोलुङ्गे पुल, १ आरसीसी पुल बगाएको छ । यस्तै गयराती नै निजाङ्ग खोलामा आएको बाढीले महाकाली नगरपालिका–१ श्रीबगडस्थित तिंकर सडकको पक्की मोटरेवल पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका ४ पसलहरु बगाएको छ । घटनास्थलमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक धुर्व विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

आजदेखि सरकारी कार्या ...

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved