श्रीलङ्कन एअरको पहिलो उडान काठमाण्डौ आइपुग्यो

  • भदौ १५, २०७८
  • कालापानी मिडिया
alt

काठमाण्डौ । श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक श्रीलङ्कन एअरलाइन्स काठमाण्डौ आइपुगेको छ । अघि बिहान ९ बजेर ४० मिनेटमा १ सय ४० जना यात्रु लिएर श्रीलङ्कन एअरको पहिलो उडान काठमाण्डौ आइपुगेको हो ।

श्रीलङ्काबाट लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै आजदेखि श्रीलङ्का- काठमाण्डौ सिधा उडान सुरु भएको हो । श्रीलङ्कन एअरले तत्काललाई हप्तामा दुई दिन मङ्गलवार र शनिवार कोलम्बो–काठमाण्डौ उडान भर्ने छ । त्यसपछि यात्रुको चापअनुसार उडान सङ्ख्या थपघट गर्ने तयारी छ ।

नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको र यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ । यस्तै भारत हुँदै लुम्बिनी घुम्न आउने बौद्ध धर्मावलम्बी लगायतलाई पनि सजिलो हुने विश्वास गरिएको छ ।

श्रीलङ्काको कुल जनसङ्ख्याको ७० प्रतिशत बौद्ध धर्मावलम्बी छन् । नेपाल घुम्न आउने विदेशी पर्यटकमा श्रीलङ्का प्रमुख पाँच देशभित्र पर्छ । अहिले श्रीलङ्कन एअरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुबई उडान गरिरहेको छ ।

एअरलाइन्सले आउँदो सेप्टेम्बरदेखि जापान, अस्ट्रेलिया र लण्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

आजदेखि सरकारी कार्या ...

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टस ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved