काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिपछि मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन्स्ए (एमसीसी) पारित हुने बताएका छ्। नेपाल भ्रमणमा रहेकी एमसीसीकी उपाध्यक्ष फातिमा सुमारसँगको भेटमा शुक्रबार अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
अध्यक्ष प्रचण्डले राष्ट्रिय मुद्दा भइसकेको अवस्थामा सत्तारुढ गठबन्धन र प्रतिपक्षी दलहरूको समेत सहमतिमा मात्र संसदबाट एमसीसी अनुमोदन हुने सुमारलाई भनेका थिए।
प्रचण्डले सत्ता गठबन्धन दलहरूबीच छलफल गरेर निर्णयमा पुग्ने बताएका थिए। उपाध्यक्ष सुमारले एमसीसी कुनै सैन्य गठबन्धनसँग सम्बन्धित नभएको भन्दै नेपालको हितमा रहेको बताएकी थिइन्। उनले अध्यक्ष दाहालसँग एमसीसी अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित नरहेको स्पष्ट पारेकी थिइन्।
उपाध्यक्ष सुमारले शुक्रबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दैछिन्। यसअघि उनले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपामा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग भेटेकी थिइन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved